बिहीबार, वैशाख ११, २०८२

बोलबम यात्राको परम्परा

नेपालखोज २०८० असार २३ गते ५:२७

साउन महिना सुरु भएसँगै बोलबम यात्रा पनि सुरु भएको छ । साउन महिनामा शिवभक्तहरूले कलशमा पवित्र नदिको जल भरेर काँधमा झुण्डाएर आफ्नो क्षेत्रको शिवालयमा ल्याई शिवलिंगमा गंगा जल चढाउँछन् । यस्तो बोलबमयात्रालाई लिएर शिवभक्तहरुमा निकै उत्साह देखिन्छ ।धार्मिक मान्यताका अनुसार बोलबमको यात्राका कारण भगवान शिवले सबै भक्तको मनोकामना पूरा गर्नुका साथै जीवनका सबै दुःख(कष्टहरू हर्छन् । पुराणमा भनिएको छ ( बोलबम यात्रा भगवान शिवलाई प्रसन्न गर्ने सबैभन्दा सजिलो उपाय हो ।

मान्यता अनुसार भगवान परशुरामले सबैभन्दा पहिले बोलबम यात्रा सुरु गरेका थिए । परशुरामले गढमुक्तेश्वर धामबाट गंगाको पानी ल्याएका थिए र यूपीको बागपत नजिकै रहेको ‘पुर महादेव’ लाई गंगाको जलले अभिषेक गरेका थिए। त्यतिबेला साउन महिना थियो । त्यसपछि नै यो बोलबम यात्रा सुरु भयो । आज पनि यो प्रथाको पालना भैरहेको छ । गढमुक्तेश्वर धामबाट लाखौं भक्तजनले गंगाजल लिएर पुरा महादेवमा जल अर्पण गर्छन् ।

दोस्रो मान्यता

रामायणमा उल्लेख भगवान भगवान रामले पनि बोलबमको यात्रा पूरा गरेका थिए। भगवान रामले बिहारको सुल्तानगञ्जबाट गंगाको पानी भरेर देवघरको वैद्यनाथ ज्योतिर्लिङ्गमा अभिषेक गरेका थिए। त्यतिबेला साउन महिना थियो ।

तेस्रो मान्यता

कतिपय प्राचीन ग्रन्थमा रावणलाई प्रथम बोलबमका रूपमा वर्णन गरिएको छ । समुद्र मन्थनका क्रममा भगवान शिवले हलाहल विष पिएपछि भगवान शिवको घाँटी नीलो भयो र त्यसपछि उहाँलाई नीलकण्ठ भनिन्छ। हलाहल विष सेवन गरेपछि नकारात्मक शक्तिले भगवान नीलकण्ठलाई घेरेको थियो । त्यसपछि रावणले महादेवलाई नकारात्मक ऊर्जाबाट मुक्त गर्न ध्यान गरे र गंगा जल भरेर ‘पुर महादेव’ अभिषेक गरे, जसले महादेवलाई नकारात्मक ऊर्जाबाट मुक्त बनायो । त्यसैबेलादेखि बोलबम यात्राको चलन पनि सुरु भयो ।

चौथो मान्यता

त्रेतायुगमा पहिलो पटक श्रवणकुमारले बोलबम यात्रा सुरु गरेको केही विद्वानहरूको विश्वास छ । श्रवण कुमारले आफ्ना दृष्टिविहीन आमाबुवालाई तीर्थयात्रामा लान एउटा विशेष तराजु बनाएका थिए । श्रवण कुमारका आमाबुवाले हरिद्वारमा रहेको गंगामा नुहाउने इच्छा व्यक्त गरे पछि आमाबुवाको इच्छा पूरा गर्न श्रवणकुमारले उनिहरुलाई हरिद्वार लगेर गंगामा स्नान गराए । फर्कने क्रममा उनले गंगा जल पनि ल्याए । त्यहिबेलादेखि बोलबम यात्रा सुरु भएको पनि बताइन्छ ।

पाँचौं मान्यता

महादेवले समुन्द्र मन्थनका क्रममा हलाहल विष सेवन गरेपछि उक्त विषको प्रभाव हटाउन पवित्र नदीको जल भगवान शिवलाई अर्पण गरिएको जनविश्वास रहदै आएको छ ताकि जतिसक्दो चाँडो विषको प्रभाव कम गर्न सकियोस् । सबै देवताहरूले मिलेर गंगा नदिबाट जल ल्याए र भगवान शिवलाई अर्पण गरे। त्यतिबेला साउन महिना चलिरहेको थियो । त्यसबेलादेखि नै बोलबम यात्रा सुरु भएको विश्वास पनि एकथरिको छ।

माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह /सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया