बिहीबार, वैशाख ११, २०८२

भगवान् शिवलाई चढाइने केही पात

नेपालखोज २०८० असार २५ गते ५:१३

बेलपत्र प्रायः भगवान् शिवलाई चढाइन्छ । तर के तपाईंलाई थाहा छ अरु कुन-कुन फूल र पातहरु छन् जुन भगवान् शिवलाई अति प्रिय छन् । यी विशेष पातहरू शिवलिंगमा चढाउँदा विशेष फल प्राप्त हुन्छ ।

शमीको पात

शिवपुराण अनुसार शमीका पात भगवान शिवलाई अति प्रिय छन्। शिवलिंग र गणेशलाई शमीको पात चढाइन्छ।

अशोकको पात

शिवलिंगमा अशोकको पात चढाउँदा विशेष लाभ मिल्छ। यसबाट मानिसले सुख तथा समृद्धि प्राप्त गर्छ ।

पिपलको पात

बेलपत्रको सट्टा सोमबार भगवान शिवलाई पिपलको पात पनि चढाउन सकिन्छ । सोमबार अमावस्याका दिन शिवको पूजा–आराधना गरी पिपलको रुखको पूजा गर्नुको विशेष महत्त्व छ ।

धतुरो

धतुराको फल र पात दुवै भगवान भोलेनाथलाई अति प्रिय छन् । यदि भगवान शिवलाई अर्पण गर्न धतुरोको फल उपलब्ध छैन भने यसको पात पनि चढाउन सकिन्छ । सोमबार र साउनको पूजामा धतुरोको फल र पातको विशेष प्रयोग गरिन्छ ।

भाङ

भगवान शिवको अभिषेकमा भाङ प्रयोग गरिन्छ । यसका साथै शिवलिंगमा भाङको पात पनि चढाउन सकिन्छ। भाङको पात र बीउ दुवै भगवान शिवलाई प्रिय छन् ।

दुबो

गणेशजी बाहेक भगवान शिवलाई पनि दुबो चढाउन सकिन्छ। पुराणमा भनिएको छ ( दुबो अमृत जस्तै गुणकारि छ । शिवलिंगमा दुबो चढाउँदा दीर्घायुको आशिर्वाद प्राप्त हुन्छ ।

बाँसको पात

सन्तानको सुखका लागि शिवको पूजा गर्दा बाँसको पात चढाउनुपर्छ भन्ने पुराणमा वर्णन छ । यसले सन्तान प्राप्तिमा मदत मिल्छ भने सुख र समृद्धि पनि ल्याउँछ ।

आँकको पात

आँकको फूलबाहेक यसको पात पनि शिवलाई अति प्रिय छ । ७ , ९ , ११ वा २१ वटा पातमा चन्दनले ओम नम शिवाय लेखेर भगवान शिवलाइ अर्पण गर्न सकिन्छ।

माथि उल्लेखित जानकारी प्रामाणिक वा वैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यवहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह/सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया