राष्ट्र बैंकले गर्याे २० अर्बको रिर्भस रिपो जारी
नेपालखोज
२०८० असार २६ गते १९:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन २० अर्ब रुपैयाँको रिर्भस रिपो जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार अपरान्ह तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा १४ दिने अवधिको उक्त परिमाणमा रिर्भस रिपो जारी गरेको हो ।
रिर्भस रिपोको परिपक्व हुने अवधि १४ दिन अर्थात यही साउन नौं गते देखिएको छ । बैंकिङ प्रणालीमा चाहिने भन्दा बढी तरलता भएको खण्डमा त्यस्तो तरलतालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले रिर्भस रिपो जारी गर्न गर्छ ।
बैंकिङ क्षेत्रको कुल निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ भने कुल कर्जा रकम ४८ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ । सो अनुसार बैंकिङ क्षेत्रमा झण्डै नौ खर्ब रुपैयाँ निक्षेप तरल पुँजीकोरुपमा रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया