साउन महिनामा कुन किसिमको शिवलिंगको अभिषेक गर्ने ?

भगवान् भोलेनाथलाई मनपर्ने साउन महिना सुरु भएको छ । यो महिना साँचो मनले भगवान शिवको आराधना गर्ने भक्तजनको मनोकामना पूरा हुन्छ भन्ने मान्यता छ । साउन महिनामा शिव(पार्वतीले पृथ्वीको दर्शन गरी शुभकर्म गर्ने आफ्ना भक्तहरूलाई आशीर्वाद दिने जनविश्वास छ । साउनमा एक गिलास पानी चढाए मात्र पनि भगवान आशुतोष प्रसन्न हुन्छन्। शिव ग्रन्थमा विभिन्न प्रकारका शिवलिङ्गको महत्व बताईएको छ जसको अभिषेकले भिन्न ( भिन्न प्रकारको लाभ मिल्छ ।
पार्थिव शिवलिंग
साउन महिनामा पार्थिव शिवलिंगको पूजा गर्नाले मानिसको जीवनमा भएका सबै दुःख–कष्टहरू हटेर सबै मनोकामना पूरा हुन्छन् । पार्थिव शिवलिंगको पूजा गर्ने शिव साधकको जीवनबाट अकाल मृत्युको भय हट्छ र भगवान शिवको आशीर्वादले धन(धान्य, सुख(समृद्धि एवं सौभाग्य प्राप्त हुन्छ।
सुनको शिवलिंग
यदि धनसम्बन्धि समस्याले हैरान हुनुहुन्छ वा धेरै प्रयास गर्दा पनि सफलता मिल्दैन भने सुनले बनेको शिवलिंगको पूजा गर्नुपर्छ । यसबाट भगवान शिवको आशीर्वादका साथै देवी लक्ष्मीको कृपा समेत प्राप्त भएर आर्थिक कठिनाइबाट मुक्ति पाइन्छ ।
चाँदीको शिवलिंग
धन र अन्नको कमी नहोस् भन्ने चाहनुहुन्छ भने चाँदीले बनेको शिवलिंगको पूजा गर्नसकिन्छ । भगवान शिवको कृपाले जीवनमा सुख तथा साधनहरु प्राप्त हुन्छ।
पीत्तलको शिवलिंग
भोलेनाथले पीत्तलको शिवलिंगको पूजाका साथै रुद्राभिषेक गर्ने भक्तलाई आशीर्वाद दिने जनविश्वास छ । मानिसले सबै प्रकारका दुःख तथा आर्थिक समस्याबाट मुक्ति पाउँछ।
तामाको शिवलिंग
तामाबाट बनेको शिवलिंगको पूजा गर्नाले मानिसको आयु बढ्छ ।
फुलको शिवलिंग
शास्त्रमा फुलको शिवलिङ्गको ठूलो महत्व बताईएको छ । फुलको शिवलिंगको अभिषेक गर्दा सुख र सौभाग्य बढ्छ भने सबै दुःख हट्छ।
काँसको शिवलिंग
काँसको शिवलिंगको पूजा गर्ने व्यक्तिले कीर्ति प्राप्त गर्छ।
नीलमबाट बनेको शिवलिंग
नीलमले बनेको शिवलिंगको अभिषेक र पूजाले कीर्ति तथा विजय प्राप्त हुन्छ।
मोतीको शिवलिंग
मोतीले बनेको शिवलिंगमा अभिषेक गर्दा रोग नाश हुन्छ भने मानसिक शान्ति पनि मिल्छ।
पुखराजको शिवलिंग
पुखराजले बनेको शिवलिंगको पूजा गर्नाले धन तथा लक्ष्मी प्राप्ति हुन्छ ।
फलामको शिवलिंग
फलामको शिवलिंगको पूजा गर्नाले शत्रु नाश हुन्छन ।
क्रिस्टलको शिवलिंग
स्फटिक अर्थात् क्रिस्टलले बनेको शिवलिंगको पनि पूजा गरिन्छ । यसले शुभ फल तथा काममा सफलता प्रदान गर्छ ।
माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह ( सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया