सोमबार, वैशाख ८, २०८२

नेप्सेमा दोहोरो अंकले गिरावट : तीन अर्ब ३९ करोडको सेयर कारोबार

नेपालखोज २०८० असार २८ गते १५:२९

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन २५ दशमलव ३१ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने १२ दशमलव ६२ अंकले घटेर दुई हजार ८४ दशमलव ९३ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९० अंकले घटेर तीन सय ९१ दशमलव २५ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ९६ वटा कम्पनीहरुको ५७ हजार छ सय ४५ पटकको कारोबारमा ९३ लाख ८२ हजार चार सय ४० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ३९ करोड छ लाख ६० हजार छ सय पाँच रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ७८ अंकले बढेर १२ सय १८ दशमलव ५५ अंकमा चढेकोमा होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः १० दशमलव ९३ र शुन्य दशमलव शुन्य आठ अंकले बढेका छन् ।

विकास बैंक समुहको सुचक भने ६३ दशमलव २९ अंकले घटेर तीन हजार आठ सय ७४ दशमलव २१ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि ३९ दशमलव २९ अंकले घटेर १९ सय २८ दशमलव ११ अंकमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि ४५ दशमलव ५९ अंकले घटेर २३ सय ८४ दशमलव ५४ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ३५ दशमलव ३५ अंकले घटेर ११ हजार नौं सय ९८ दशमलव १३ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुमहको सुचक पनि एक सय १३ दशमलव शुन्य तीन अंकले घटेर ११ हजार एक सय ८० दशमलव ५५ अंकमा झरेकोमा लगानी, उत्पादनमुलक, लघुुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव ५५, ३६ दशमलव ७१, एक दशमलव ९८, १२ दशमल ९४ र ४४ दशमलव ८२ अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज एनएमबी बैंकको ऋणपत्र २०८५ को प्रतियुनिट सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर नौं सय ८७ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबरा भएको छ । यसैगरी पिपुल्स हाईड्रो पावर कम्पनी लिमिटेडको भने आज प्रतिकित्ता सेयर मुल्य छ दशमलव शुन्य पाँच प्रतिशतले घटेर तीन सय १८ रुपैंयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज प्रतिकित्ता छ सय ५२ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा २३ करोड ७५ लाख ९३ हजार तीन सय ४८ रुपैंयाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया