गुगल प्ले स्टोरका शीर्ष रेसिङ गेम के के ?
नेपालखोज
२०८० असार २८ गते १७:४५

मोबाइलमा गेमिङको क्रेज अहिले निकै बढेको छ । यसक्रममा गुगल प्ले स्टोरमा उपलब्ध सबैभन्दा रमाइला रेसिङ गेमका बारेमा जानौं :
GT Racing 2
GT Racing 2 मर्सिडीज-बेन्ज, फोर्ड, निसान र फेरारी सहित ७० भन्दा बढी उत्कृष्ट कार भएको रेसिङ सिमुलेशन गेम हो। यो खेल नि: शुल्क उपलब्ध छ।
Asphalt 8
यो ३०० भन्दा बढी अद्वितीय सवारी साधन तथा ७५ विदेशी ट्रकले सुसज्जित आर्केड रेसिंग खेल हो। यो एप्स पनि नि: शुल्क डाउनलोड गर्न सकिन्छ।
Asphalt Xtreme
यो अफ रोड रेसिङ मोबाइल गेम हो । यसमा ट्रकहरू पनि ड्राइभ गर्ने मौका पाइन्छ ।
GRID Autosport Custom Edition
यो रेसिङ गेममा कारहरूको विभिन्न शृङ्खला , यथार्थपरक दृश्य तथा विभिन्न इन-गेमहरू समावेश छन् जुन खरिद गर्न सकिन्छ।
Nitro Nation
Nitro Nation एउटा ड्र्याग र ड्रिफ्ट रेसिङ खेल हो। यसका प्रत्येक दौडका लागि गाडी परिवर्तन गर्न सकिन्छ।
सम्बन्धित
प्रतिक्रिया