नव ग्रह शान्तिका लागि भगवान् शिवको रुद्राभिषेक

साउन महिनामा नव ग्रहको शान्तिसँग सम्बन्धित उपाय गर्नु पनि निकै प्रभावकारी मानिन्छ । कुण्डलीमा ग्रहको स्थितिसँग सम्बन्धित रुद्राभिषेक गर्नाले ग्रहहरूको स्थिति बलियो हुन्छ । साउन महिनालाई शिवको कृपा प्राप्तिका लागि सबैभन्दा पवित्र महिना मानिन्छ । यो महिना भोलेनाथ भक्तहरूको सानो प्रयासमा पनि प्रसन्न हुन्छन् भने साउन महिनामा रुद्राभिषेक गर्नाले कुण्डलीमा ग्रहहरूको स्थिति बलियो बन्न सक्छ ।
रुद्राभिषेकमा विभिन्न चीजहरू प्रयोग गरेर नौ ग्रहको स्थिति बलियो बनाउन सकिन्छ । नव ग्रहको दशा बलियो बनाउन भगवान शिवको रुद्राभिषेक गर्ने उपाय :
सूर्य ग्रह
यदि कुण्डलीमा सूर्य ग्रह अशुभ स्थानमा छन भने समाजमा बारम्बार अपमानित हुनु पर्न सक्छ । यसबाट उच्च रक्तचाप, मुटुसँग सम्बन्धित समस्या तथा आँखा कमजोर हुन सक्छ। उपायका रुपमा साउनमा दैनिक शिवलिंगमा जल चढाउनुपर्छ ।
चन्द्रमा
जसको जन्मपत्रिकामा चन्द्रमा कमजोर हुन्छन, उनीहरुलाई रुघाखोकी र दमको समस्या हुन्छ । यस्ता मानिसलाई आँखा सम्बन्धी समस्या पनि हुन्छ । यो समस्या हुनेहरुले काँचो दूधमा कालो तिल मिसाएर दैनिक शिवलिंगको अभिषेक गर्नुपर्छ ।
मंगल ग्रह
जन्मपत्रिकामा मंगल ग्रहको स्थिति अशुभ हुँदा शरीरमा रगतको कमी हुने तथा पेटसम्बन्धी रोगले सताउने हुनसक्छ । यस्तो स्थितिमा महले दैनिक शिवलिंगको अभिषेक गर्नुपर्छ ।
बुध
जन्मपत्रीमा बुध कमजोर हुँदा पेट तथा फोक्सो सम्बन्धि रोगको जोखिम बढछ । उपायका रूपमा साउन महिनामा काँचो दूधमा पहेँलो फूल मिसाएर त्यसले शिवलिंगको दैनिक अभिषेक गर्नुपर्छ ।
बृहस्पति ग्रह
जन्मपत्रिकामा बृहस्पति अशुभ स्थानमा हुने व्यक्तिलाई धनको अभाव हुन्छ भने छाला, दाँत र कफ सम्बन्धी समस्याले पनि सताउँछ । यस्ता व्यक्तिले साउन महिनाभरि पानीमा पहेँलो चन्दन मिसाएर शिवलिंगको अभिषेक गर्नुपर्छ ।
शुक्र ग्रह
यदि कुण्डलीमा शुक्रको स्थिति कमजोर छ भने शारीरिक कमजोरी तथा यौन सम्बन्ध समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। शुक्र कमजोर हुँदा दाम्पत्य जीवनमा पनि समस्या आउँछ । यसको उपायका रूपमा शिवलिंगमा दैनिक पञ्चामृतले अभिषेक गर्नुपर्छ ।
शनि
जसको कुण्डलीमा शनि कमजोर हुन्छ उनीहरुले आर्थिक अभाव तथा अनेकन रोगहरुको सामना गर्नु पर्ने हुन्छ । यस्ता व्यक्तिलाई घुँडा दुख्ने, खोकीका साथै दमको समस्या पनि हुन सक्छ। उपायका रूपमा दिनहुँ भगवान शिवलाई उखुको रसले अभिषेक गर्न सकिन्छ ।
राहु ग्रह
कुण्डलीमा राहु ग्रह कमजोर हुँदा डिप्रेशनको सिकार हुनुका साथै बारम्बार ज्वरो आउने हुनसक्छ । शारीरिक रुपमा पनि कमजोरी देखिन्छ । यसको उपचारका लागि साउन महिनामा शिवलिंगमा दैनिक भाङ चढाउनुपर्छ ।
केतु ग्रह
यदि कुण्डलीमा केतु ग्रहको स्थिति कमजोर छ भने मधुमेहबाट पीडित हुन सकिन्छ वा जीवन यौन समस्याले घेरिएको हुन सक्छ। उपायका रूपमा साउन महिनामा शिवलिंगलाई तोरीको तेलले अभिषेक गर्न सकिन्छ ।
प्रतिक्रिया