चीनले ग्यालियम निर्यातमा प्रतिबन्ध लगायो, ई-वाहन उद्योगमा दुविधा

काठमाडाैं । चीनले ग्यालियम निर्यातमा प्रतिबन्ध लगाएपछि अटो कम्पनीहरू विद्युतीय सवारी साधनमा प्रयोग हुने यो धातुको प्रयोग जारी राख्ने कि नराख्ने भन्ने चिन्तामा छन् । ग्यालियम (Gallium) धातु एलईडीदेखि लिएर मोबाइल फोनको एडप्टर जस्ता कैंयन एप्लीकेशनमा प्रयोग हुन्छ । धेरै कम मानिसलाई थाहा छ कि शुद्ध ग्यालियम हाम्रो हातमा पग्लन सक्छ तर यसका केही यौगिकहरू सेमिकंडक्टर्सका केहि कम्पाउन्डमा प्रयोग गरिन्छ ।
ग्यालियम नाइट्राइडका कारण अटो कम्पनीहरूले विद्युतीय सवारीलाई हल्का र सस्तो मात्र बनाएका छैनन् यसले सबारि साधनको क्षमता बढाउने कुराले सबै उत्साहित समेत छन् । थप रूपमा यो प्लेटिनम वा प्यालेडियम जस्ता अन्य अर्धचालकहरू भन्दा सस्तो छ । ग्यालियम जस्ता अयस्क र बक्साइटमा थोरै मात्रामा पाइन्छ भने बक्साइटलाई एल्युमिनियम बनाउन प्रशोधन गर्दा ग्यालियम धातु उत्पादन हुन्छ । युरोपेली उद्योग संघ क्रिटिकल कच्चा माल गठबन्धन (CRMA) का अनुसार यसको लगभग ८० प्रतिशत उत्पादन चीनमा हुन्छ ।
विद्युतीय सवारीसाधनमा प्रयोग हुने कम्पाउण्ड ग्यालियम नाइट्राइडले धेरै गर्मी उत्पन्न नगरी शक्ति प्रदान गर्न सक्छ जसका कारणले यो चार्जर र इन्भर्टरहरूका लागि राम्रो छ । यसले ब्याट्री प्याकबाट बिजुलीको प्रवाहलाई नियन्त्रण गर्न मद्दत गर्दछ । कम्पाउण्ड चिप निर्माता गोलेटाका सह-संस्थापक उमेश मिश्रका अनुसार – ग्यालियम नाइट्राइडले बिजुलिबाट चल्ने सबारि साधनको क्षमतालाई धेरै गुणा बढाएको छ। ट्रान्सफर्मले आफ्नो अर्धचालकहरूमा ग्यालियम नाइट्राइडको एक माइक्रोन वा एक मिलिमिटरको धेरै पातलो तह प्रयोग गर्छ।
यसअघि चीनले चिप निर्माणमा प्रयोग हुने धातुको निर्यातमा प्रतिबन्ध लगाएको थियो । यी धातुहरू अर्धचालक, विद्युतीय सवारी र हाई-टेक उद्योगहरूले प्रयोग गर्छन् । यो निर्णयले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा असर परेको छ जसका कारण विश्वव्यापी आपूर्ति पनि अवरुद्ध हुन सक्नेछ । यो आकस्मिक निर्णयप्रति कम्पनीहरुले चिन्ता व्यक्त गरेका छन् । चीनमा जर्मेनियम उत्पादन गर्ने कम्पनीले समाचार एजेन्सी रोयटर्सलाई यो निर्णयपछि विश्वभरबाट सोधपुछ भइरहेको र मूल्य रातारात बढेको बताएको छ ।
चीनको वाणिज्य मन्त्रालयले आफ्नो राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न अगस्ट १ देखि आठ ग्यालियम उत्पादन र छ वटा जर्मेनियम उत्पादनको निर्यात नियन्त्रण गर्ने जनाएको छ। यो निर्णयलाई विश्लेषकहरूले चीनको प्राविधिक प्रगति रोक्ने वाशिंगटनको बढ्दो प्रयासको प्रतिक्रियामा प्रतिशोधात्मक कार्यका रूपमा वर्णन गरेका छन् । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङलेयो निर्णय चीनको निर्यात नियन्त्रण कानुनबमोजिम भएको र कुनै खास देशलाई लक्षित नगरिएको बताउनुभएको छ । ग्यालियम, जर्मेनियम र अन्य साना धातुहरू सञ्चार उपकरण, सौर प्यानल र विद्युतीय सवारीका लागि अर्धचालकहरूमा प्रयोग गरिन्छ। चीन ग्यालियम र जर्मेनियमको मुख्य उत्पादक हो ।
भन्सार तथ्याङ्कलाई उद्धृत गर्दै समाचार वेबसाइट काइक्सिन लेख्छ – २०२२ मा चीनको ग्यालियम उत्पादनको शीर्ष आयातकर्ता जापान, जर्मनी तथा नेदरल्याण्डहरू थिए भने जर्मेनियम उत्पादनको शीर्ष आयातकर्ता जापान, फ्रान्स, जर्मनी तथा संयुक्त राज्य अमेरिका थिए । अमेरिकाले यी दुई धातुको आपूर्तिको लगभग आधा सिधै चीनबाट ल्याउँछ । गत वर्ष चीनले अमेरिकालाई २३ मेट्रिक टन ग्यालियम आपूर्ति गरेको थियो ।
चीनले हरेक वर्ष करिब ६०० मेट्रिक टन जर्मेनियम उत्पादन गर्छ। अमेरिकाले अत्याधुनिक चिप्स र प्रविधि चीनमा ल्याउने बाटो रोकेको थियो । यससँगै उनले आफ्ना सहयोगी जापान र नेदरल्यान्ड्सलाई चीनलाई चिप बनाउने उपकरणको आपूर्तिमा सीमित राख्ने सहमति गरेको थियो । यी चालहरूले धनी र स्वच्छ ऊर्जा, दूरसंचार र कृत्रिम बुद्धिमत्तामा विश्व नेता बन्ने चीनको महत्वाकांक्षालाई बाधा पुर्यायो। यही कारणले गर्दा चीनको प्रतिबन्धलाई बदलाका रूपमा हेरिएको छ । रोयटर्स
प्रतिक्रिया