आइतबार, वैशाख ७, २०८२

आईसीसीको ठूलो घोषणा महिला र पुरुषले पुरस्कारमा समान रकम पाउने

नेपालखोज २०८० असार २९ गते ६:१६

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अबदेखि सबै आईसीसी प्रतियोगितामा महिला र पुरुष टिमको पुरस्कार राशि समान हुने बताएको छ ।

दक्षिण अफ्रिकाको डर्बनमा भएको आईसीसीको वार्षिक सम्मेलनमा यो निर्णय गरिएको हो । आईसीसीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डल तथा वेबसाइट मार्फत यो जानकारी सार्वजनिक गरेको छ । आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले भनेका छन् – यो हाम्रो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो ।

आईसीसीको विश्वव्यापी प्रतियोगितामा भाग लिने पुरुष तथा महिला क्रिकेटरले समान पुरस्कार राशि पाउने कुराले म खुसी छु। हामीले २०१७ देखि समान पुरस्कार राशिमा पुग्ने स्पष्ट उद्देश्यका साथ महिला प्रतियोगिताहरूको पुरस्कार राशि बढाउँदै आएका छौं ।

अबदेखि आईसीसी महिला क्रिकेट विश्वकप र आईसीसी पुरुष क्रिकेट विश्वकप बिजेताको पुरस्कार राशि बराबर हुनेछ । टी–२० विश्वकप र अन्डर–१९ विश्वकपमा पनि यस्तै अवस्था हुनेछ ।

प्रतिक्रिया