मंगलबार, वैशाख ९, २०८२

‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द

नेपालखोज २०८० साउन २ गते ११:५६

काठमाडौं । हाँस्यप्रधान कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’को उत्पादन र प्रसारण दुवै बन्द भएको छ ।

१६ महिनाको अवधिमा ६९ श्रृंखला प्रसारण भएको कार्यक्रमबाट तत्कालको लागि विश्राम लिएको कार्यक्रमका प्रस्तोता विशाल भण्डारीले जानकारी दिए ।

उनले लेखेका छन्, ‘यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो । कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौपनी तर दर्शकको मायामा कहिले कमी आएन । यही उर्जाले काम गर्दा गर्दै सुरुवातको वर्षनै Best Popular Tv Show को Award जित्न पनी सफल भयौं । यस्को श्रेय कलाकार, लेखक,क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको माया लाई जान्छ ।’

भण्डारीले केही समयपछि रिचार्ज भएर पुनःहसाँउन आउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले यही टिम ‘कमेडी च्याम्पियन सिजन ३’ लिएर आउने बताएका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण हुदैँ आएको ‘कमेडी क्लब विथ च्याम्पियन’ हिटमध्येको टेलिभिजन कार्यक्रम हो ।

प्रतिक्रिया