३७ वर्षपछि प्रेमराजा र बमबहादुरको सहकार्य
नेपालखोज
२०८० साउन २ गते १४:३९

काठमाडौं । लोक गायकद्धय प्रेमराजा महत र बमबहादुर कार्कीले ३७ वर्षपछि सहकार्य गरेका छन् । उनीहरुको सहकार्य रहेको ‘पानको पात’सदाबहार लोक गीत मध्ये पर्छ ।
मंगलबार म्युजिक नेपालको स्टुडियोमा ३७ वर्षअघिको एक हिट गीतको पुनः रेकर्डिङमा महत र कार्कीले स्वर दिएका छन् । कुन हिट गीत भन्ने त खुलाइएको छैन् ।
धेरैले आफूहरुको जोडीका गीत सुन्ने चाहना गरिरहेकाले केही दिनमै गीत सार्वजनिक गर्ने योजना रहेको गायक कार्कीले बताए ।
सम्बन्धित
प्रतिक्रिया