मंगलबार, वैशाख ९, २०८२

‘बगान’लाई ५० हजार जरिबाना तिराएपछि निर्माताले गरे नेपाली सिनेमालाई सहयोग गर्न बालेनलाई आग्रह

नेपालखोज २०८० साउन २ गते १९:३३

काठमाडौं । काठमाडौं महानगरपालिकाले चलचित्र ‘बगान’लाई ५० हजार जरिबाना गरेको छ । सार्वजनिक संरचनामा फिल्मको पोस्टर टाँसेको भन्दै महानगरले मंगलबार चलचित्र बगानलाई ५० हजार जरिबाना तिराएको हो । काठमाडौं महानगरपालिकाले फिल्म ‘बगान’ का निर्मातालाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

यसैबीच, महानगरले जरिबाना गरेपछि फिल्मका निर्माता सुरेश वाग्लेले नेपाली सिनेमालाई सहयोग गर्न मेयर बालेन शाहलाई आग्रह गरेका छन् ।

उनी लेख्छन् – ‘बालेनजी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग पनि गरिदिनुहोला, हाम्रो जानकारी बिना हाम्रो डिस्टिब्युटरले आफ्नो घरको भित्तामा टालेको पोस्टरलाई महानगरले ५० हजार जरीवाना तिराएछ । महानगर प्रहरी प्रमुख राजु पाण्डेजीले मिडियावाजी गर्नुअघि हामीलाई जानकारी गराउनु भएको भए हामी त्रुटि सच्याउने समय पाउँथ्यौँ । वातावरण प्रदूषण विरूद्धको महानगरको अभियानमा हाम्रो साथ र सहयोग सदैव रहने छ ।’

महानगरपालिकामा फिल्मको कुनै पनि पोष्टर, पम्प्लेट शहरका भित्ताहरुमा टाँस्न पाइँदैन । यसअघि पनि पोष्टर टाँसेको भन्दै केही फिल्मका निर्माताहरुलाई महानगरले जरिवाना तिराइसकेको छ ।

प्रतिक्रिया