यस्ताे छ आजकाे माैसम

काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागले जनाएइकाे छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागका आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाविभागले जनाएको छ ।
प्रतिक्रिया