आइतबार, वैशाख ७, २०८२

बस्न योग्य तथा अयोग्य सहर

नेपालखोज २०८० साउन ३ गते १७:३४

काठमाडाैं । हालै इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले ‘ग्लोबल लाइभबिलिटी इन्डेक्स – २०२३’ शिर्षकको तथ्याङ्क सार्वजनिक गरेको छ । यसमा संसारका बस्न योग्य शहरहरू तथा सबैभन्दा खराब शहरहरू समेटिएका छन् । आज हामी यस सूचीका केही उत्कृष्ट शहरहरूको नाम र साथै यस सूचीमा समावेश भएका सहरहरूको नाम बताउन गइरहेका छौं । यो सुचि स्वास्थ्य प्रणाली, संस्कृति, स्थायित्व तथा वातावरणलगायत धेरै कुराका आधारमा तयार गरिन्छ।

शीर्ष १० सहरमा कुन कुन ठाउँ परेका छन ?

‘ग्लोबल लाइभबिलिटी इन्डेक्स – २०२३’ द्वारा जारी गरिएको सूची अनुसार शीर्ष १० शहरमा कुनै पनि नेपाली सहर समावेश छैनन । यो सूचीमा बस्नका लागि उत्कृष्ट सहरका बारेमा उल्लेख छ जसमा भियना सहर पहिलो स्थानमा छ भने डेनमार्कको राजधानी कोपेनहेगन दोस्रो स्थानमा छ । यो सूचीमा अस्ट्रेलियाका दुई सहर मेलबर्न तेस्रो र सिड्नी चौथो स्थानमा छन भने क्यानाडाको भ्यानकुभर पाँचौं स्थानमा छ । शीर्ष १० शहरमा सबैभन्दा बढी क्यानाडाका तीन वटा शहर छन् भने अष्ट्रेलिया र स्विट्जरल्याण्डका दुई-दुई शहर छन्।

युक्रेनको राजधानी तल ओर्लियो

यो सर्वेक्षण अनुसार एशिया–प्रशान्त सहरहरू एकातिर अघि बढेका छन् भने पश्चिमी युरोपेली सहरहरू सन् २०२३ मा केहि तल झरेका छन् । योसँगै युद्धग्रस्त युक्रेनको राजधानी किभको अवस्था पनि नाजुक छ । १७३ सहरको सूचीमा कीभ १६५औँ स्थानमा छ भने सन् २०२२ मा रुसको मस्को सहर ९६औँ स्थानमा आएको छ । शीर्ष १० सहरमा दिल्ली र मुम्बईले ६०औँ स्थान पाएका छन्। यसमा बंगलादेश र पाकिस्तानको अवस्था अझ नाजुक छ । यति धेरै देशको सूचीमा बंगलादेशको राजधानी ढाका १६६औँ स्थानमा छ भने पाकिस्तानको कराँचीले १६९औँ स्थान पाएको छ ।

यी सहरको अवस्था बिग्रँदै गएको छ

बस्नका लागि सबैभन्दा खराब शहरका बारेमा कुरा गर्दा सिरियाको राजधानी दमास्कस सबैभन्दा खराब अर्थात पहिलो स्थानमा छ भने लिबियाको राजधानी त्रिपोली १७२ औं स्थानमा छ।

शीर्ष १० बस्न योग्य सहरहरु

  • भियना, (अस्ट्रिया)
  • कोपेनहेगन,( डेनमार्क)
  • मेलबर्न (अष्ट्रेलिया)
  • सिड्नी, (अष्ट्रेलिया)
  • भ्यानकुभर (क्यानाडा)
  • जुरिच (स्विजरल्याण्ड)
  • क्यालगरी (क्यानाडा)
  • जेनेभा, (स्विट्जरल्याण्ड)
  • टोरन्टो (क्यानाडा)
  • ओसाका (जापान)

सबैभन्दा खराब सहरहरु

  • १७३- दमास्कस (सिरिया)
  • १७२- त्रिपोली (लिबिया)
  • १७१- अल्जियर्स (अल्जेरिया)
  • १७० – लागोस (नाइजेरिया)
  • १६९ – कराँची (पाकिस्तान)

प्रतिक्रिया