मंगलबार, वैशाख ९, २०८२

पाकिस्तानमा प्रतिबन्धित बलिउड चलचित्र

नेपालखोज २०८० साउन ३ गते १८:०४

काठमाडौं । अग्रेजहरुले बिभाजन गरेर छोडि गए पछि भारत र पाकिस्तान बिच अहिले पनि लगातार खिचपिच चलिरहन्छ ।

यसको असर राजनितिक तहमा मात्र छैन् खेल देखि लिएर चलचित्र सम्ममा भारत – पाकिस्तान बिचको तिक्तता हेर्न सुन्न पाइन्छ। यसक्रममा पाकिस्तानमा केही बलिउड चलचित्र प्रतिबन्धित भएका छन् ।

गदर
भारत र पाकिस्तानको विभाजनको कथा देखाइएको फिल्म गदरलाई पाकिस्तानले प्रतिबन्ध लगाएको थियो ।

हैदर
शाहिद कपुरको चलचित्र हैदरमा कश्मीर विद्रोह देखाइएको छ जुन पाकिस्तानका लागि अत्यन्तै संवेदनशील मुद्दा हो, त्यसैले यसलाई त्यहाँ प्रतिबन्ध लगाइयो ।

एक था टाइगर
सलमान खानको एक था टाइगरलाई पाकिस्तानले प्रतिबन्ध लगाएको थियो जसमा कथित रुपमा पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईको कारनामाको पर्दाफास गरिएको थियो।

बोर्डर
भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा बनेको मल्टि स्टारर फिल्म बोर्डर पनि पाकिस्तानमा प्रतिबन्धित भएको थियो ।

मुल्क
पाकिस्तानको सेन्सर बोर्डले अनुभव सिन्हा निर्देशित मुल्कलाई देशमा रिलिज हुन दिएन ।

राजी
आलिया भट्ट अभिनित राजी फिल्मलाई पाकिस्तानमा पनि प्रतिबन्ध लगाइयो ।

अट्याक अफ २६/११
२६ नोभेम्बर २००८ मा मुम्बईमा भएको आतंकवादी हमलामा आधारित फिल्म अट्याक अफ २६/११ पनि पाकिस्तानमा प्रतिबन्धित छ।

प्रतिक्रिया