मंगलबार, वैशाख ९, २०८२

‘महाजात्रा’ र ‘द्रव्यम’ को तयारीमा षट्कोण

नेपालखोज २०८० साउन ३ गते २०:५५

काठमाडौं । नेपाली चलचित्रलाई फरकरूपमा प्रस्तुत गर्ने निर्माण कम्पनी षट्कोण आर्टस्ले दुई चलचित्रको तयारी सुरु गरेको छ ।

‘जात्रा’ शृङ्खलासँगै ‘महापुरूष’ निर्माण गरेको यो कम्पनीले निर्देशक प्रदीप भट्टराईको निर्देशनमा ‘महाजात्रा’ र मनोज पण्डितको निर्देशनमा ‘द्रव्यम’ यहीँ वर्ष निर्माण गर्ने तयारी गरिरहेको छ । मानवीय संवेदनाको कथावस्तुमा आधारित रहेर तयार हुने ‘द्रव्यम’ दसैँ अगाडि छायाङ्कन हुने निर्माता दीपेश खत्रीले जानकारी दिए ।

उनले भने, ‘यो वर्ष दुई चलचित्र निर्माण गर्ने तयारी भइरहेको छ । दुवै फरक विधाअन्तर्गत रहेर तयार गर्दैछौँ ।’ यस्तै निर्देशक भट्टराईको लेखन रहेको चलचित्र ‘महाजात्रा’मा विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँले शीर्ष भूमिका निर्वाह गर्नेछन् ।

यो सफल शृङ्खलाको तेस्रो भाग हुनेछ । ‘हामीप्रति दर्शकको अपेक्षा बढेको महसुस भएको छ । हामीले आफूलाई पनि अघिल्लो शृङ्खलाभन्दा सशक्त बनाउने छौँ’, निर्देशक भट्टराईले भने ।

प्रतिक्रिया