वातावरणका लागि डिस्पोजेबल ई-सिगरेट खतरनाक

डिस्पोजेबल ई-चुरोट तथा विद्युतीय भापको प्रयोग विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको छ । योसँगै धेरै देशमा यसको ई–वेस्टलाई लिएर चिन्ता बढेको छ । एकल प्रयोग र रिफिल गर्न आवश्यक नभएका कारण मानिसहरूले यसको प्रयोग बढी गरिरहेका छन् ।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनसँग सम्बद्ध सीडीएस फाउन्डेशनको रिपोर्ट अनुसार अमेरिकामा हरेक महिना करिब ११।९ मिलियन डिस्पोजेबल ई(सिगरेट बेचिन्छ । मार्च २०२३ मा बेचिएको ई(चुरोटमा आधा भन्दा बढी ५३ प्रतिशत डिस्पोजेबल ई-चुरोट थिए भने गार्बोलजी रिसर्चको एक रिपोर्ट अनुसार २०२२ मा केवल ८ प्रतिशत ई-सिगरेटहरू मात्र रिसाइक्लिंग सुविधामा पुगेका थिए ।
वातावरण संरक्षणसँग सम्बन्धित व्यक्तिहरुले यसमा कडा प्रतिबन्ध लगाउन माग गरेका छन् । यूएस पिआरजी एजुकेशन फण्डको प्रतिवेदन अनुसार यदि अमेरिकामा एक वर्षमा बिक्री भएको डिस्पोजेबल भ्यापको लाइन बनाइयो भने त्यो ११ हजार २६५ किलोमिटर लामो हुनेछ जुन अमेरिकी महादेशको दोब्बर चौडा हुनेछ।
ई-चुरोटको डिस्पोज गर्न गाह्रो
डिस्पोजेबल ई-चुरोटलाइ तिनको निर्माणका कारण डिस्पोज गर्न गाह्रो छ, किनभने यसको एक भाग इलेक्ट्रिक सर्किट र लिथियम ब्याट्री समावेश भएको प्लास्टिक हो जसले यसलाई ई(फोहोरको वर्गमा राख्छ । यसमा निकोटिन पनि हुने हुँदा यो खतरनाक फोहोरको वर्गमा आउँछ । यस कारण धेरै ठाउँहरूमा यसलाई रिसाइकल नगरी खारेज गरिन्छ।
धेरै अमेरिकी राज्यमा नियमनको तयारी
क्यालिफोर्निया र न्यूयोर्कका धेरै सांसदहरूले एकल(प्रयोग भ्याप र ई(सिगरेटको बिक्रीलाई नियमन गर्न बिलहरू पेश गरेका छन्। टूथ इनिसिएटिभले गरेको एक अनुसन्धानले ५१ प्रतिशत मानिसले ई(चुरोट प्रयोगपछि सामान्य फोहोरमा फाल्ने गरेको खुलासा गरेको छ ।
युवाहरूमा ई-सिगरेटको प्रवृत्ति तीव्र
ई(सिगरेट वास्तवमा बिना इजाजतपत्र गरिएको उत्पादन हो । यो एक उत्पादनको मार्केटिङ यसरि गरिएको छ जसमा यसको प्रयोग गरे धूम्रपान छोड्न मद्दत मिल्छ भनिन्छ । यही कारणले गर्दा युवाहरुमा ई–सिगरेटको प्रचलन तीव्र गतिमा बढिरहेको छ । यसले सुर्ति जलाउँदैन, तर निकोटिनको तरल घोलबाट नै यसको धुवाँ निस्कन्छ । यो धुवाँ चुरोट पिउनेहरुको श्वासले ग्रहण गर्छ ।
ई-चुरोटमा तंबाकूको सट्टा तरल रसायन भरिएको हुन्छ। ई(सिगरेट एक प्रकारको इलेक्ट्रोनिक इनहेलर हो, जसमा निकोटिन र अन्य तरल रसायन भरिन्छ ।
यो इनहेलरले ब्याट्री मार्फत तरल पदार्थलाई वाफमा परिणत गर्छ । जसले गर्दा पिउनेलाई चुरोट पिएको अनुभूति हुन्छ । ईएनडीएस भनिने यस्ता यन्त्रहरू विभिन्न प्रकारका स्वादमा उपलब्ध हुन्छन् ।
इ-सिगरेटमा प्रयोग हुने तरल पदार्थमा प्राय निकोटिन हुन्छ। यसबाहेक केही इ–सिगरेटमा फर्माल्डिहाइड प्रयोग गरिन्छ, जसले क्यान्सर निम्त्याउन सक्छ ।
प्रतिक्रिया