मंगलबार, वैशाख ९, २०८२

‘ह्वाट द फ्लप’बन्द

नेपालखोज २०८० साउन ४ गते १४:१०

काठमाडौं । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण बन्द गरिएको छ ।

बिहीबार सूचना जारी गर्दै टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ ।

गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो ।

त्यस कार्यक्रमपछि पनि हाँस्यकलाकार किरण केसी र राजाराम पौडेल गेष्ट रहेको कार्यक्रम प्रसारण भएको थियो । त्यसपछि पनि आलोचना नरोकिएपछि टेलिभिजनले कार्यक्रम बन्द गरेको हो ।

अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटक पटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

प्रतिक्रिया