आइतबार, वैशाख ७, २०८२

सीमा र सचिन बसेको काठमाडौंको होटल मालिक के भन्छन् ?

नेपालखोज २०८० साउन ४ गते १६:२८

काठमाडाैं । भारतीय अनुसन्धान एजेन्सीहरूले पाकिस्तानी नागरिक सीमा हैदरसँग लगातार सोधपुछ गरिरहेका छन् । सन् २०१९ मा पब्जी गेम खेल्दा सीमाको परिचय ग्रेटर नोएडाका सचिन मीणासँग भएको थियो । बिस्तारै सचिनसँग उनको फोन कुराकानि हुन थाल्यो भने १० मार्च २०२३ मा उनिहरुको भेट काठमाडौंमा भयो । उनीहरु सात दिन काठमाडौंको न्यू विनायक होटलमा बसेको सीमाले बताईकि छिन् ।

भारतिय समाचार एजेन्सी एएनआईले उक्त होटलका मालिक गणेश रोका मगरसँगको कुराकानि सार्वजनिक गरेको छ । मगरले एएनआई लाइ भनेका छन् – उनिहरू चैतमा आएका थिए। सात-आठ दिन बसेर गए । उनिहरु धेरैजसो कोठामै हुन्थे । उनीहरू बिहान सबेरै बाहिर निस्कन्थे । बेलुका चाँडै आउँथे , हाम्रो होटल साँझ दश बजे बन्द हुने हुँदा आठ बजेसम्ममा आइ पुग्थे । उनिहरु कोठामा खाना खाँदा शाकाहारी थाली लिन्थे । उनिहरुहरूले कुखुरा आदि कहिल्यै खाएनन् बरु बाहिरबाट मगाएर फलफूल खान्थे ।

गणेश रोका मगर भन्छन – जब मैले समाचारमा उनिहरुलाइ देखे तब मात्र उनीहरू सीमा र सचिन हुन् भन्ने थाहा भयो । उनीहरू अर्कै नाम लिएर होटलमा बसेका थिए। सचिन पहिले आएका थिए । उनले नै होटल बुक गरेका थिए र आफ्नि श्रीमती भोलिपल्ट आउने बताएका थिए । सचिन आएको दोस्रो दिन सीमा आइन । उनिहरू छ-सात दिन जति बसे । जब होटल छोडने कुरा हामीलाई भनियो सीमा पहिले बाहिर गइन र अर्को दिन सचिन गए । उनीहरू रुम नम्बर २०४ मा बसेका थिए । अन्तिम दिन सचिनले म सँग रोधिघरका बारेमा सोधे । मैले भनेँ – त्यहाँ नजाउ , तिमी लुटिन्छौं , धेरै महँगो छ ।

मार्चमा भेट गरेपछि सीमा पाकिस्तान फर्किइन् तर दुई महिनापछि सीमा आफ्ना चार छोराछोरीसहित पाकिस्तान छाडेर शारजाँहबाट नेपाल हुँदै भारत प्रवेश गरिन् । प्रहरीले उनीहरु दुवैलाई ४ जुलाईका दिन बिहान हरियाणाको बल्लभगढबाट पक्राउ गरेको थियो भने अदालतले सशर्त जमानतमा गत ७ जुलाईमा रिहा गरेको थियो ।

प्रतिक्रिया