सातामा १४ अर्ब ८८ करोड रुपैंयाँको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से २१ सय ६३ दशमलव ९२ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय १० दशमलव ५२ अंकमा पुगेको छ ।
कुल दुई सय ८६ वटा कम्पनीहरुको दुई लाख ५२ हजार दुई सय ११ पटकको कारोबारमा चार करोड पाँच लाख ९३ हजार ९९ सय कित्ता शेयर किनबेच भएका छन । जसबाट यो साता कुल कारोबार रकम १४ अर्ब ८८ करोड ६५ लाख ३८ हजार चार सय ५१ रुपैंयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो
गत साता भने नेप्सेमा दुुई सय ९६ वटा कम्पनीहरुको तीन लाख १० हजार आठ सय ९० पटकको कारोबारमा चार करोड ५४ लाख १० हजार सात सय १२ कित्ता सेयर किनबेच भएको थियो । सो अनुसार उक्त साता कुल कारोबार रकम १६ अर्ब २७ करोड ८३ लाख ७७ हजार चार सय १४ रुपैंयाँ पुगेको थियो । पाँच कार्य दिन नैं खुल्ला रहेको नेप्से यो साता पाँचौं दिन घटेपनि बाँकी दिनहरुमा भने लगातार बढेको थियो ।
जसमध्ये पहिलो दिन १२ दशमलव १६ अंकले बढेर दुई हजार ९७ दशमलव शुन्य नौं अंकमा पुगेको नेप्से अन्तिम अर्थात पाँचौं कारोबार दिन एक दशमलव ३१ अंकले घटेर २१ सय ६३ दशमलव ९२ अंकमा खुम्चिएको थियो ।
यसैगरी पहिलो दिन दुुई दशमलव ९० अंकले बढेर तीन सय ९४ दशमलव १५ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि शुन्य दशमलव शुन्य पाँच बढेर चार सय १० दशमलव ५२ अंकमा पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा नेप्से सुचक तथा सेन्सिटिभ इन्डेक्स दुबै लगातार बढेका थिए ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता शिवम सिमेन्ट, सोल्ही होटल हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।
बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
प्रतिक्रिया