आइतबार, वैशाख ७, २०८२

संसारका सबैभन्दा गरिब देश कुन-कुन ?

नेपालखोज २०८० साउन ५ गते १६:४४

काठमाडाैं । विश्वको सबैभन्दा गरिब राष्ट्र कुन हो ? यो प्रश्न हाम्रो मनमा बारम्बार आउँछ । यी देशका मानिसले दुई समयको खाना पनि पाउन सक्दैनन् भन्ने कुरा कमैलाई थाहा छ । यी देश ठूलो गरिब पाकिस्तान र अफगानिस्तानभन्दा पनि गरिब छन् ।

ग्लोबल फाइनान्स- २०२३ को रिपोर्टमा उल्लेख भए अनुसार विश्वका अति गरिब १० देश कस्ता छन त ?

गरिब देशको मापन गर्न प्रतिव्यक्ति जीडीपी मापन गरिन्छ। जनताको क्रयशक्ति, जीवनयापनको लागत र मुद्रास्फीति दरमा भएको भिन्नताले कुनै पनि देशको आर्थिक समृद्धिलाई राम्रोसँग मापन गर्न सक्छ।

दक्षिण सुडान
दक्षिण सुडान संसारको सबैभन्दा गरिब देश हो। सन् २०११ मा स्थापना भएदेखि नै यो मुलुक गृहयुद्धको चपेटामा छ । तेलको भण्डारमा धनी ११ करोड जनसंख्या भएको यो देशले चरम गरिबीको सामना गरिरहेको छ ।

बुरुन्डी
बुरुन्डी विश्वको दोस्रो गरिब देश हो। नेपाल जस्तै भूपरिवेष्ठित बुरुन्डीमा प्राकृतिक स्रोतहरूको तीव्र अभाव छ। यो देश १२ वर्षदेखि गृहयुद्धको चपेटामा छ । बुरुन्डीका लगभग १ करोड ३० लाख जनसंख्या मध्ये ८० प्रतिशत नागरिक कृषिमा निर्भर छन्।

अफ्रिकन रिपब्लिक
मध्य अफ्रिकी गणतन्त्र सेन्ट्रल अफ्रिकन रिपब्लिक विश्वका गरिब देशहरूमा तेस्रो स्थानमा छ। सुन, तेल, युरेनियम तथा हिराले धनी भएर पनि यो देशले आफ्ना नागरिकको गरिबी हटाउन सकेको छैन ।
बाढी र खडेरीले यो देशको अवस्था थप नाजुक बनाएको छ ।

सोमालिया
अफ्रिकाको सोमालिया १ करोड ७० लाख जनसंख्या भएको देश हो । विश्वका गरिब देशहरूको सूचीमा सोमालिया चौथो स्थानमा छ । विदेशबाट खाद्यान्न आयात गर्नु परेकाले यो मुलुकको अवस्था गम्भीर संकटमा धकेलिएको छ ।

प्रतिक्रिया