बलिउड सेलिब्रेटी जो शुद्ध शाकाहारी छन्

काठमाडाैं । तपाईं हामी मध्ये धेरैले यो साउनमा माछामासु बारेका हौंला वा कतिपय त पहलेदेखिकै वा जन्मजात शाकाहारि हौंला । आज हामी ती बलिउड सेलिब्रेटीहरूका बारेमा बताउँदैछौं जो शुद्ध शाकाहारी छन् । उनिहरु माछा मासु छुदा पनि छुदैनन् ।हिजोआज मानिसमा भेजिटेरियन वा भिगन बन्ने क्रेज निकै बढेको छ । बलिउडका पनि केही कलाकार छन जो शुद्ध शाकाहारी हुन् ।
साउनको यो महिनामा हेरौं ती शाकाहारि को-को हुन ?
अमिताभ बच्चन : ८० वर्षका बिग बी शुद्ध शाकाहारी हुन् । उनि ननभेज छुदा पनि छुदैनन । उनले कुन बनेगा करोडपति- १४ मा आफूले ननभेज र मीठो खाना त्यागेको बताएका थिए ।
भूमि पेडनेकर : दम लगा के हैशापछि तौल घटाएकी भूमी सन् २०२० को लकडाउनमा शाकाहारी भएकि हुन् ।
रितेश देशमुख : रितेश सन् २०१९ मा शाकाहारी बनेका थिए । उनि आफ्नी श्रीमती जेनेलिया डिसुजासँग मिलेर प्लान्ट बेस्ड मीट्सको व्यवसाय चलाउँछन् ।
सोनम कपुर आहुजा : सोनम पनि शाकाहारी कलाकारको सूचीमा छिन् । उनी दुई पटक पेटा पर्सन अफ द इयर भैसकेकि छिन् ।
मलाइका अरोरा: मलाइकाले ४९ वर्षको उमेरमा आफ्नो फिटनेसका कारण धेरै युवा कलाकारलाई मात दिन सक्छिन् । मलाइका दुई–तीन वर्षअघि शाकाहारी भएकी थिइन् । उनले एक इन्स्टाग्राम पोस्टमा भनेकि छिन – शाकाहारि भोजनले उनलाई फिट रहन धेरै मद्दत गरेको छ।
आर माधवन : आर माधवन सुरुदेखि नै शाकाहारी थिए। बलिउड र साउथमा माधवनको फ्यान फलोइङ जबरदस्त छ ।
प्रतिक्रिया