मलमासमा दान गर्न सकिने वस्तु

मलामास प्रत्येक ३ वर्ष पछि आउँछ । जसलाई अधिक मास वा पुरुषोत्तम मास पनि भनिन्छ। यो वर्षको मालमास साउन २ गते मंगलबार (१८ जुलाई) मा सुरु भएर साउन ३१ गते बुधबार ९ १६ अगस्त ० कादिन समाप्त हुनेछ । मलमासमा भगवान शिवसँगै भगवान विष्णुको पूजा गर्नु महत्त्वपूर्ण छ भने यो महिना गरिएको दानले दोब्बर फल प्रदान गर्छ । मलमासमा के दान गर्ने हेरौं :
केरा दान
मलमासमा भगवान् विष्णुको पूजा गरेपछि केरा दान गर्नुपर्छ । केरा दान गर्दा घरमा सकारात्मकता आउँछ । यसका साथै परिवारका सदस्यहरूमा प्रेम बढ्छ ।
पहेंलो लुगा :
मलमासको कुनै पनि बिहीबारमा पहेँलो लुगा खाँचोमा परेकाहरूलाई दान गर्नुपर्छ । यसबाट भगवान विष्णु प्रसन्न हुन्छन् । यसका साथै मानिसको जीवनमा सुख र समृद्धि कायम रहन्छ ।
खाद्यान्न दान :
मलमासका गरिबहरूलाई खाना दान गर्नुपर्छ। यसबाट माता लक्ष्मी तथा अन्नपूर्णाको कृपा हुन्छ अनि घरमा धन र अन्नको कमी हुँदैन । त्यसैले मलमासमा कुनै पनि दिन खाना वा अन्न दान गर्न सकिन्छ ।
पुस्तक दान :
भनिन्छ ज्ञान ठूलो दान हो। त्यसैले मलमासका खाँचोमा परेका तथा गरिब बालबालिकालाई पुस्तकहरू दान गर्नुपर्छ । यो दानबाट भगवान विष्णु, लक्ष्मी तथा माता सरस्वतीको कृपा कायम रहन्छ। यसका साथै माता लक्ष्मीले सधैं आशिर्वाद दिनुहुन्छ ।
नरिवल दान :
मलमासमा नरिवल दान गर्नुपर्छ । यसबाट परिवारमा सुख शान्ति कायम रहन्छ । भनिन्छ यो दान गर्दा देवी लक्ष्मीको कृपा प्राप्त हुन्छ । यसका साथै परिवारमा धन र अन्नको पनि कमी हुँदैन ।
दिपदान :
मलमासमा दीपदानको विशेष महत्व छ । दिप दान गर्नु भनेको घर तथा मन्दिरमा दियो बाल्नु हो। मलमास वा अधिक मासमा दीपदान गर्नाले मानिसको जीवनका सबै दुःखको अन्त्य हुने जनविश्वास छ भने जीवनको अन्धकार समेत हट्छ।
प्रतिक्रिया