बिहीबार, वैशाख ११, २०८२

मलमासमा भगवान विष्णुको पूजाको नियम 

नेपालखोज २०८० साउन ८ गते ५:५१

काठमाडौं । आधिकमासमा भगवान विष्णुको विशेष पूजा गर्ने नियम शास्त्रमा वर्णन गरिएको छ । भनिन्छ विशेष फूल – पात चढाउँदा पूजाको पूर्ण फल मिल्छ भने कतिपय फूल र पात भगवान विष्णुलाई मन पर्दैनन् । यस्ता फुल अर्पण गर्दा पूजा निष्फल हुन्छ भन्ने मान्यता छ ।

विष्णु धर्मोत्तर पुराण तथा पद्म पुराण अनुसार पुरुषोत्तम महिनामा भगवान विष्णुलाई स्वर्ण पुष्पले पूजा गर्ने विधि उल्लेख गरिएको छ । अधिकमासमा भगवान विष्णुलाई चम्पाको फूल चढाउँदा सबै प्रकारका पाप उन्मूलन हुनुका साथै मनोकाङ्क्षा पूरा हुन्छ । जुही र चमेलीको फूलले भगवान विष्णुको पूजा गर्दा सौभाग्य र समृद्धि प्राप्त हुने बताइन्छ । यसका साथै तुलसीको पात पनि भगवानलाई चढाउनुपर्छ । यसले सबै प्रकारका दोषहरू हटाउँछ।

भगवान विष्णुलाई केवरा र गुलाब मन पर्छ 

भगवान विष्णुको पूजामा पारिजात, मालती, केवडा, चम्पा, कमल, गुलाब, मोगरा, कनेर आदिको फूल प्रयोग गर्नुपर्छ। यसबाट श्रीहरि प्रसन्न हुनुहुन्छ । यसका साथै अशोकको पात पनि भगवानलाई मन पर्ने कुरा हो । यी फूल – पातहरूले पूजा गर्नाले भगवान विष्णु र लक्ष्मीजी प्रसन्न हुन्छन्। भगवान विष्णुलाई तुलसीसँगै बेलपत्र पनि चढाइन्छ। यसले धन-धान्य र सुखमा वृद्धि हुन्छ । भगवान विष्णुलाई मन पर्ने पातमा तुलसी, शमी पत्र, बेलपत्र र दुबो हुन् । यसका साथै भृङ्गराज, कुश, अपमार्ग आदिका पात पनि विष्णुजीको पूजामा प्रयोग गरिन्छ।

भगवान विष्णुको पूजामा कस्ता चिज प्रयोग हुँदैन ? 

अगस्त्य र माधवी भगवान विष्णुको पूजामा प्रयोग गरिदैन् । भनिन्छ भगवानलाई यो मन पर्दैन। यसका साथै विष्णुको मूर्तिमा अक्षता अर्थात् चामल चढाइँदैन । अधिकमासमा भगवानको पूजा गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ । फूल र पातका मामिलामा अशुद्ध, बासी र कीराले खाएको फूल – पातहरू भगवानको पूजामा प्रयोग गर्नु हुँदैन। भुईँमा खसेको, अरूसँग मागेको वा चोरेको फूल पनि पूजामा प्रयोग गर्नु हुँदैन । यसबाहेक कमल र वाटर लिलीका फूल पाँच दिनसम्म बासी हुँदैनन् । साथै बेलपत्र, सुपारी तथा तुलसीका पुराना पातहरू च्यातेर चढाउन सकिन्छ।

प्रतिक्रिया