आइतबार, वैशाख ७, २०८२

इलोन मस्क : ट्विटर अब एक्स, निलो चरोलाई बिदाई

नेपालखोज २०८० साउन ९ गते ११:५९

काठमाडौं । ट्विटरले आफ्नो ब्रान्ड र लोगो परिवर्तन गर्ने क्रममा निलो चरोबाट एक्स ‘X’ बनाएको छ।

कालो पृष्ठभूमिमा रहेको नयाँ सेतो X उक्त सामाजिक सञ्जालको डेस्कटप संस्करणमा देखिन थालिसकेको छ भने मोबाइलमा भने अझै त्यो देखा परिसकेको छैन।

ट्विटरका मालिक इलोन मस्कका अनुसार अब पोस्टहरूलाई समेत ‘ट्विटहरू’ को साटो ‘x’s’ भनिनेछ।

यी अर्बपतिले आफ्नो प्रोफाइल तस्बिर परिवर्तन गरेका छन् र आफ्नो बायोमा एक्सडटकम लेखेका छन्।

मस्क एक्स भनिने एउटा ‘सुपर एप’ बनाउन चाहन्छन् । आफ्नो दृष्टिकोणसहितको त्यस्तो नयाँ प्रकारको सामाजिक सञ्जाल मञ्च जुन निर्माणका लागि आफूले महिनौँदेखि काम गरिरहेको उनले बताउँदै आएका थिए।

आइतवार यी अर्ब पतिले ट्विटरको लोगो परिवर्तन गर्ने सोचिरहेको बताएका थिए। जस क्रममा उनले ट्विट गर्दै लेखेका थिए: ‘र छिट्टै हामीले ट्विटर ब्रान्डलाई र क्रमैसँग सबै चराहरूलाई बिदा हुन भन्नेछौँ ।’

उनले त्यसपछि नयाँ X ब्रान्डलाई सान फ्रान्सिस्कोस्थित ट्विटर मुख्यालयको एकातर्फको भित्तोमा ठूलो देखिने गरी झल्काए। -BBC

प्रतिक्रिया