सोमबार, वैशाख ८, २०८२

३६ अंकले घट्दा दुई अर्ब ९१ करोडको सेयर किनबेच

नेपालखोज २०८० साउन ९ गते १५:३२

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि ओरालो लागेको नेप्सेको यात्राले आज मंगलबार पनि निरन्तरता पाएको छ ।

अघिल्लो दिन २७ दशमलव ६७ अंकले घटेको नेप्से आज पुन ३६ दशमलव १९ अंकले घटेर २१ सय ६४ दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६२ अंकले घटेर चार सय ११ दशमलव १६ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ६७ वटा कम्पनीहरुको ५३ हजार पाँच सय ७० पटकको कारोबारमा ७७ लाख १६ हजार दुई सय ७७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुमहरुको सेयर कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सुचक ७२ दशमलव ३० अंंकले बढेर पाँच हजार नौं सय ९५ दशमलव शुन्य सात अंकमा चढेकोमा बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समुहको सुचक ३७ दशमलव २४ अंकले घटेर १३ सय १५ दशमलव ३८ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ८६ दशमलव १३ अंकले घटेर चार हजार ४० दशमलव ३२ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ३६ दशमलव ५२ अंकले घटेर १९ सय १५ दशमलव ५६ अंकमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ६३ अंकले घटेर २३ सय ९५ दशमलव ९७ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ७६ दशमलव ४४ अंकले घटेर ११ हजार नौं सय २७ दशमलव ९८ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि एक सय ११ दशमलव १८ अंकले घटेर ११ हजार पाँच सय सात दशमलव २६ अंकमा झरेकोमा लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक दशमलव शुन्य दुई, १३ दशमलव ३४, ३६ दशमलव ४९, शुन्य दशमलव १०, २७ दशमलव ९९ र तीन दशमलव ८७ अंकले घटेका छन् ।

नेप्सेमा आज किसान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर नौं सय ५८ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नबिल बैंक डिवेञ्चर २०८५ को प्रतियुनिट सेयर मुल्य छ दशमलव ८७ प्रतिशतले घटेर सात सय ८५ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

सोल्टी होटल लिमिटेडको भने प्रतिकित्ता चार सय ७३ रुपैंयाँ अन्तिम मुल्यमा १५ करोड २७ लाख ७९ हजार ७४ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया