सोमबार, वैशाख ८, २०८२

सातामा १६ अर्ब ८८ करोडको सेयर किनबेच

नेपालखोज २०८० साउन १२ गते ११:०२

काठमाडौ । यो साता नेप्से २१ सय २६ दशमलव ४८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय तीन दशमलव ८४ अंकमा सिमित भएको छ ।

सातामा दुुई सय ७१ वटा कम्पनीहरुको दुई लाख ९० हजार एक सय तीन पटकको कारोबारमा पाँच करोड ४३ लाख ६९ हजार सात सय २३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १६ अर्ब ८८ करोड ३० लाख ५८ हजार एक सय ३६ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा बढी हो ।

गत साता भने नेप्सेमा दुुई सय ८६ वटा कम्पनीहरुको दुई लाख ५२ हजार दुई सय ११ पटकको कारोबारमा चार करोड पाँच लाख ९३ हजार ९९ सय कित्ता शेयर किनबेच भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम १४ अर्ब ८८ करोड ६५ लाख ३८ हजार चार सय ५१ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नैं खुल्ला रहेकोमा पहिलो दिन बढेको नेप्से बाँकी चार दिन लगातार घटेको थियो ।

सो मध्ये पहिलो दिन ६३ दशमलव २४ अंकले बढेर २२ सय २७ दशमलव १६ अंकमा चढेको नेप्से अन्तिम कारोबार दिन भने २९ दशमलव ७१ अंकले घटेर २१ सय २६ दशमलव ४८ अंकमा सिमित भएको छ । यि बाहेकका बाँकी दिनहरुमा भने नेप्से लगातार घटेको थियो ।

यसैगरी पहिलो दिन १४ दशमलव ४१ अंकले बढेर चार सय २४ दशमलव ९३ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पाँच दशमलव २६ अंकले घटेर चार सय तीन दशमलव ८४ अंकमा सिमित भएको थियो । यि बाहेकका बाँकी दिनहरुा सेन्सिटिभ इन्डेक्स लगातार घटेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता शिवम सिमेन्ट, सोल्ही होटल हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार हुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया