बलिउडमा आउनुअघि नै निकै धनी

काठमाडाैं । बलिउडमा यस्ता धेरै स्टार पनि छन् जो फिल्म उद्योगमा आउनुअघि नै धनी परिवार सँग सम्बद्ध थिए । यसमा स्टार किडसहरुलाइ जोडिएको छैन् ।
अमृता पुरी
फिल्म ‘आयशा’ मा आफ्नो भूमिकाबाट सबैलाई प्रभावित तुल्याउने सुन्दर अभिनेत्री अमृता पुरी बलिउडमा आउनुअघि देखि नै निकै धनी थिइन् ।
भाग्यश्री
अभिनेत्री भाग्यश्री वास्तविक जीवनमा राजकुमारी हुन् । उनी महाराष्ट्रको सांगलीको राजपरिवारकी सदस्य हुन् ।
अमिताभ बच्चन
मेघास्टार अमिताभ बच्चन प्रसिद्ध कवि हरिवंश राय बच्चनका छोरा हुन् । अमिताभको परिवारको गान्धी परिवारसँग पनि घनिष्ठ सम्बन्ध छ ।
रणवीर सिंह
रणवीर सिंह पनि धनी परिवारका सन्तान हुन् । रणवीरका बुबा एक सफल व्यवसायी हुन् ।
कियारा आडवाणी
कियारा आडवाणीको फिल्मी कनेक्सन उद्योगमा आउनुअघि नै थियो । उनी दक्षिण मुम्बईको एक प्रभावशाली परिवारकी सदस्य हुन् भने मुकेश अम्बानीकि छोरि उनकि बाल्यकाल देखिकि साथि हुन ।
प्रतिक्रिया