प्लाष्टिकका झोला, प्लाष्टिकजन्य फूल तथा सजावटका सामान निषेध गर्ने नीति पारित
नेपालखोज
२०८० साउन १२ गते १९:५१

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाबाट आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउन १ गतेबाट प्लाष्टिकका झोला, प्लाष्टिकजन्य फूल तथा सजावटका सामान निषेध गर्ने नीति पारित गरेको छ ।
यसका लागि आज नगर प्रहरी बलका अधिकारीहरुलाई प्लाष्टिक निषेधको कानुनी प्रबन्ध, यसको व्यवहारिक पक्ष र प्लाष्टिकको मोटाइ नाप्ने उपकरण प्रयोगका विषयमा प्रशिक्षण दिएको छ ।
वातावरण व्यवस्थापन विभागले आयोजना गरेको प्रशिक्षणमा प्रहरी बलका क्षेत्रहरुबाट अधिकारीहरुलाई सामेल गराइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया