राष्ट्र बैंकले गर्याे पुरानो नवीकरण अन्तर्गतको २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी आव्हान

काठमाडौ । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने साउन १६ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको आठ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः वि.सं २०८० भदौ १२ गते, वि.सं २०८० कार्तिक १४ गते र वि.सं २०८० माघ १६ गते तोकिएको छ । भोलि बिक्री हुने यि सबै ट्रेजरीहरु पुरानो नविकरण अन्तर्गतको रहेको राष्ट्र बैंकको भनाई छ ।
यसअघि यही साउन आठ गते पनि राष्ट्र बैकले पुरानो नविकरण अन्तर्गतको १२ अर्ब ६० करोड रुपैंयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया