२६ अंकले घट्दा दुई अर्ब ५० करोडको सेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से घटेको छ । नेप्से आज २६ दशमलव १४ अंकले घटेर २१ सय दशमलव ३४ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ अंकले घटेर तीन सय ९९ दशमलव ६६ अंकमा झरेको छ ।
दुई सय ६६ वटा कम्पनीहरुको ४६ हजार तीन सय २७ पटकको कारोबारमा ६८ लाख ६० हजार ४२ कित्ता सेयर खरिद बिक्री हुँदा आज कुल कारोबार रकम दुई अर्ब ५० करोड २८ लाख ८६ हजार पाँच सय २७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य चार अंकले बढेर १४ दशमलव ८७ अंकमा पुगेको छ भने बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् ।
जसमध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ९८ अंकले घटेर १२ सय ९३ दशमलव ६६ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५९ दशमलव १६ अंकले घटेर तीन हजार नौं सय १५ दशमलव ४४ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ४३ दशमलव ६५ अंकले घटेर १८ सय ३० दशमलव ७५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ६५ अंकले घटेर २३ सय १४ दशमलव १२ अंकमा झरेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ८८ दशमलव १८ अंकले घटेर ११ हजार चार सय ८९ दशमलव १५ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय १० दशमलव ३७ अंंकले घटेर ११ हजार ७१ दशमलव ७३ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः एक सय २० दशमलव ८२, शुन्य दशमलव ५९, ३२ दशमलव ७९, ६३ दशमलव ३५, २८ दशमलव ५१ र ६० दशमलव शुन्य नौं अंकले घटेका छन् ।
नेप्सेमा आज पिपुल्स पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य तीन दशमलव ५६ प्रतिशतले बढेर दुई सय ६१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ७८ प्रतिशतले घटेर सात सय ७० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी शिवम सिमेन्टको भने प्रतिकित्ता छ सय दुई रुपैंयाँ अन्तिम मुल्यमा १४ करोड ७८ लाख ७५ हजार तीन सय ४९ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया