बिहीबार, वैशाख ११, २०८२

भगवान् शिवलाई चढाउनु हुँदैन यी पाँच कुरा

नेपालखोज २०८० साउन १६ गते ६:२८

बेसार : शिवपुराणमा उल्लेख गरिएअनुसार बेसार शिवजीलाई चढाउनु हुँदैन ।

चुवाको फूल : विभिन्न ठाउँअनुसार फरक-फरक नाम भएको चुवा फूल पनि चढाउन हुँदैन ।

तुलसी : शिवपुराणमा उल्लेख गरिएअनुसार भगवान् शिवलाई पूजाआजा गर्दा पनि तुलसीपत्र चढाउनु हुँदैन ।

नरिवल पानी : शिवपुराणमा उल्लेख गरिएअनुसार शिवजीलाई चढाउन नहुने पवित्र वस्तुहरूमध्ये नरिवलको पानी पनि हो । शिवजीलाई सिंगो नरिवल चढाउन हुन्छ तर फुटाएर पानी चढाउनु हुँदैन । यस्तो गरे शिवजी रिसाउने र अनिष्ट हुने शिवपुराणमा उल्लेख छ ।

सिन्दूर : विवाहित महिलाहरूको लागि सिन्दूर एकदमै महत्त्वपूर्ण र पवित्र मानिन्छ। तर शिवपुराणमा उल्लेख गरिएअनुसार सिन्दूर शिवजीलाई चढाउनु हुँदैन ।


माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह – सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया