२०८१ असार मसान्तसम्म सरकारको लागि दुई खर्ब ४० रुपैंयाँ आन्तरिक ऋण उठाउने
नेपालखोज
२०८० साउन १६ गते १४:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ असार मसान्तसम्ममा सरकारको लागि दुई खर्ब ४० अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
राष्ट बैंकका अनुसार चालु आर्थिक बर्षको बजेट कार्यान्वयनको गर्न सरकारको लागि राष्ट बैंकले उक्त परिमाणमा आन्तरिक ऋण उठाउन लागेको हो । मंगलबार राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्देसो कुराको जानकारी दिएको हो ।
आन्तरिक ऋणको लागि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब, दोस्रो त्रैमासमा ५५ अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब र चौंथो त्रैमासमा ७७ अर्ब रुपैंयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।
यसको लागि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र सहितका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

सम्बन्धित
प्रतिक्रिया