को हुन् भगवान् शिव ?

जब हामी शिव भन्छौँ, हामी दुईवटा मूलभूत पक्षहरूलाई सङ्केत गरिरहेका हुन्छौँ । शिवको शाब्दिक अर्थ हो ( त्यो जुन छैन । शिव नै त्यो गर्भ हो, जसबाट सबैथोकको जन्म हुन्छस शिव नै त्यो अन्धकार पनि हो, जसले सबैथोकलाई आफूभित्र सोस्दछन् । सबैथोक शिवबाटै आउँछन्, अनि सबैथोक पुनः शिवमै फर्किन्छन् । त्यसैले, शिवलाई अस्तित्वहीन पनि भनिन्छ । शिवलाई प्रकाशका रूपमा नभई अन्धकारको रूपमा बयान गरिन्छ । मानिसहरू प्रकाशको गुणगान गाउँछन्, किनकि उनीहरूको आँखाले उज्यालोमा मात्रै काम गर्दछ । तर, अन्धकार सदैव रहिरहेको छ ।
शिव आदियोगी र आदिगुरु
अर्को स्तरमा, जब हामी शिव भन्छौँ, हामी एक निश्चित योगीलाई सम्बोधन गरिरहेका छौँ, जो आदियोगी अर्थात् प्रथम योगी हुन् साथै आदिगुरु अर्थात् प्रथम गुरुसमेत हुन् । आज हामीले जुन योग–विज्ञानलाई जानेका छौँ, त्यसको जनक वा आधार स्वयं शिव हुन् पनि भनिन्छ । योग विज्ञान, सबैभन्दा पहिले केदारनाथबाट केही दुरी माथि रहेको कान्तिसरोवर तटमा सञ्चार गरिएको थियो, जहाँ आदियोगीले आफ्ना सात शिष्यहरूमाझ यो भित्री तकनिकीलाई व्यवस्थित रूपमा प्रतिपादन गरेका थिए । यी सातजना शिष्यहरूलाई यस संस्कृतिमा शप्तऋषिको रूपमा चिनिन्छ र पुजिन्छ ।
शिव एउटै शब्दका दुई अर्थहरू
शिव शब्दले त्यो जुन छैन अनि आदियोगी दुवैलाई जनाउँछ । किनकि, यी दुवै पर्याय हुन् । यी जो योगी हुन् अनि त्यो जुन अस्तित्वको आधार हो दुवै एकै हुन् । किनकि, कसैलाई योगी भन्नुको अर्थ के हो भने, उनले अस्तित्वलाई स्वयंको रूपमा अनुभव गरेका हुन्छन् । एक स्तरमा एकअर्काका पर्याय भए तापनि दुवै भिन्नभिन्न पक्षहरू हुन् । यो प्रतीकात्मक संस्कृति भएकोले, हामी सजिलै यसबाट त्यसमा अनि त्यसबाट यसमा ओहोर–दोहोर गरिरहन्छौँ । यो क्षणमा हामी शिवलाई शून्यता ९जसभन्दा पर केही छैन० भनेर सम्बोधन गर्छौँस अर्को क्षणमै हामी शिवलाई ती योगीको रूपमा सम्बोधन गर्छौँ, जसले मानवतालाई योगको समग्र प्रक्रिया प्रदान गरेका थिए ।
भगवान शिवको पौराणिक कथा
हामी सबैका प्रिय, भगवान शिवको जन्म भएको होइन उनी स्वयं अवतरित हुन् । विष्णु पुराणका अनुसार, ब्रह्मा भगवान विष्णुको कमल नाभिबाट जन्मेका थिए भने शिव भगवान विष्णुको निधारको चमकबाट उत्पन्न भएको बताइएको छ । विष्णु पुराणका अनुसार, शिव सधैं निधारको चमकका कारण योगमुद्रामा रहनुहुन्छ ।
श्रीमद् भागवतका अनुसार, एकपटक जब घमण्डीले घेरिएका भगवान विष्णु र ब्रह्माले आफूलाई आफू श्रेष्ठ हुँ भनेर दाबी गरिरहेका थिए, तब भगवान शिव जलिरहेको स्तम्भबाट देखा परे ।
विष्णु पुराणमा वर्णन गरिएको शिवको जन्म कथा भगवान शिवको एक मात्र बच्चा रूप हो । यस अनुसार ब्रह्मालाई बच्चा चाहिएको थियो । जब ब्रह्माले बच्चालाई रुने कारण सोध्यो, उसले निर्दोष जवाफ दिए कि उसको कुनै नाम छैन, त्यसैले ऊ रोइरहेको छ । तब ब्रह्माले शिवलाई ’रुद्र’ भनेर नाम दिए जसको अर्थ हो ’रुवा’। तैपनि शिव चुप लागेनन् । त्यसैले ब्रह्माले उसलाई अर्को नाम दिए तर शिवलाई त्यो नाम मनपर्दैन र अझै चुप लागेनन् । यसप्रकार शिवलाई शान्त पार्न ब्रह्माले ८ नाम दिए र शिवलाई ८ नामले चिनिन्थ्यो (रुद्र, शर्व, भव, उग्र, भीमा, पशुपति, ईशान र महादेव) ।
शिव पुराणका अनुसार यी नामहरू पृथ्वीमा लेखिएका थिए । विष्णु पुराणको एक पौराणिक कथा पनि यस प्रकारले शिवको जन्म पछि ब्रह्माको छोराको रुपमा रहेको छ । यसका अनुसार जब पृथ्वी, आकाशलगायत सम्पूर्ण ब्रह्माण्ड जलमग्न थियो, त्यहाँ ब्रह्मा, विष्णु र महेश (शिव) बाहेक अरू कुनै ईश्वर वा प्राणी थिएनन् । तब विष्णु मात्र शेषनागमा पानीको सतहमा लडिरहेको देखे । तब ब्रह्मा जी आफ्नो नाभीबाट कमलको नालमा देखा पर्नुभयो ।
जब ब्रह्मा र विष्णु सृष्टिबारे कुरा गर्दै थिए, शिव देखा परे । ब्रह्माले उनलाई चिन्न अस्वीकार गरे । तब, शिवको क्रोधसँग डराएर, भगवान विष्णुले उनलाई ईश्वरीय दर्शन दिए र शिवको ब्रह्मालाई सम्झना दिलाए । ब्रह्माले आफ्नो गल्ती महसुस गरे र शिवलाई छोराको रूपमा जन्माउनको लागि आशीर्वाद मागे । शिवले ब्रह्माको प्रार्थना ग्रहण गर्नुभयो र उनलाई यो आशीर्वाद दिए । जब ब्रह्माले ब्रह्माण्डको सृष्टि सुरु गरे, उनलाई एउटा बच्चा चाहियो र त्यसपछि उनलाई भगवान शिवको आशीर्वाद प्राप्त भयो ।
प्रतिक्रिया