आइतबार, वैशाख ७, २०८२

कुन-कुन देशमा पाइन्छ सबैभन्दा धेरै तलब ?

नेपालखोज २०८० साउन १७ गते १४:५१

काठमाडाैं । सबैभन्दा बढी तलब दिने विश्वका ५ देश कुन होलान त ?
स्विट्जरल्याण्ड संसारमा सबैभन्दा धेरै तलब दिने देश हो । यहाँको औसत मासिक तलब ८ लाख भन्दा माथि छ ।

स्विट्जरल्याण्ड पछि सिंगापुर दोस्रो धेरै तलब दिने देश हो। यहाँको औसत मासिक तलब ५ लाख ७० हजार रुपैयाँ जति छ।

अष्ट्रेलिया तेस्रो धेरै तलब हुने देश हो। यहाँको औसत मासिक तलब ५ लाख ५० हजार छ ।

अमेरिका विश्वको चौथो सबैभन्दा धेरै तलब दिने देश हो। त्यहाँको औसत मासिक तलब ५ लाख ४५ हजार जति छ ।

साउदी अरब सबैभन्दा धेरै तलब दिने पाँचौं देश हो । साउदी अरबको औसत मासिक तलब ४ लाख ८० हजार जति छ।

प्रतिक्रिया