सातामा नौं अर्ब ८८ करोडको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से दुई हजार ८९ दशमलव ८४ अंकमा कायम भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९९ दशमलव ५४ अंकमा सिमित भएको छ ।
सातामा कुल दुुई सय ६९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट कुल दुई लाख चार हजार ७६ पटकको कारोबारमा तीन करोड २८ लाख ९९ हजार एक सय ५२ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम नौं अर्ब ८७ करोड ९७ लाख ३९ हजार एक सय ६१ रुपैंयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा झण्डै सात अर्ब रुपैंयाँले कम हो । दगत साता भने नेप्सेमा दुुई सय ७१ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ९० हजार एक सय तीन पटकको कारोबारमा पाँच करोड ४३ लाख ६९ हजार सात सय २३ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम १६ अर्ब ८८ करोड ३० लाख ५८ हजार एक सय ३६ रुपैंयाँ पुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो दिन ओरालो लागेको सेयर बजार परिसुचक दोस्रो, चौंथो र पाँचौं दिन भने लगातार उकालो लागेको थियो ।
नेप्सेका अनुसार यो साता पहिलो दिन २६ दशमलव १४ अंकले अंकले घटेर दुई हजार एक सय दशमलव १४ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन तीन अंकले बढेर दुई हजार ८९ दशमलव ८४ अंकमा कायम रहन सफल भएको थियो ।
यसैगरी पहिलो दिन चार दशमलव १७ अंकले घटेर तीन सय ९९ दशमलव ६६ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन एक दशमलव २५ अंकले बढेर तीन सय ९९ दशमलव ५४ अंकमा पुग्न सफल भएको थियो ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता शिवम सिमेन्ट, सोल्ही होटल हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
प्रतिक्रिया