आइतबार, वैशाख ७, २०८२

३३ प्रतिशत सुनिश्चित गर्न माओवादीले थप्याे केन्द्रीय समितिमा २४ जना महिला

नेपालखोज २०८० साउन १९ गते १६:१०

काठमाडाैं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थपेकाे छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।  हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।

प्रतिक्रिया