बिहीबार, वैशाख ११, २०८२

साउनमा बार अनुसार शंकरको अभिषेक

नेपालखोज २०८० साउन २० गते ५:४०

साउनलाई भोलेको भक्तिको विशेष महिना मानिन्छ । यो महिना भोलेलाई प्रसन्न तुल्याउन निकै सहज हुन्छ । भगवान शंकरलाई भोला भनिन्छ किनभने भक्तको अलिकति पूजामा भगवानले उसबाट प्रसन्न हुनुहुन्छ ।

साउन यस्तो महिना हो जसमा गरिने कर्मबाट वर्षौंदेखि रोकिएको काम , विवाह अवरोध सहित अन्य बाधा ( अवरोध वा ग्रहको कष्ट वा ऋणको समस्या बाट मुक्ति पाइन्छ ।

बार अनुसार भगवान शिवको आरधना

– शिव पुराण अनुसार शनिबारको दिन भगवान शिवलाई एक गिलास पानी चढाए अकाल मृत्युको भयबाट मुक्ति मिल्छ ।

– आइतबार शिवलिङमा जल चढाउने भक्तहरुसँग भगवान शिव धेरै प्रसन्न हुन्छन् भने देवी लक्ष्मीको विशेष आशीर्वाद समेत प्राप्त हुन्छ र घरमा धनको कुनै कमी हुँदैन ।

– सोमबार भगवान शिवलाई प्रसन्न तुल्याउने विशेष दिन हो । सोमबारको दिन भगवान शिवप्रति समर्पित छ । यो दिन शिवलिंगमा एक गिलास जल चढाउँदा पनि भोलेनाथ प्रसन्न हुन्छन् । सोमबार महामृत्युञ्जय मन्त्र जप गर्नु भगवान शिवलाई प्रसन्न तुल्याउने उत्तम उपाय हो । यो मन्त्रको जप गम्भीर रोग, समस्या तथा बाधाहरू हटाउन पनि प्रभावकारी मानिन्छ ।

– मंगलबारको दिन शिवलिङमा जल चढाउँदा सबै देवी(देवताको आशीर्वाद प्राप्त हुनुका साथै काममा सफलता मिल्छ।

– धार्मिक मान्यता अनुसार बुधबार शिवलिङमा जल चढाउँदा विवाहमा आउने बाधा हट्छ भने वैवाहिक जीवन सुख ( शान्तिपूर्ण रुपमा बित्छ ।

– बिहीबारको दिन शिवलिंगमा जल चढाउँदा शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुन्छ । यसका साथै यस दिन शिवलिङमा जल चढाउँदा घरमा भएका बालबालिकाको एकाग्रता बढ्छ।

– शुक्रबारको दिन शिवलिङमा नियमित जल अर्पण गरे दाम्पत्य जीवनमा सुख प्राप्त हुन्छ र घरमा आउने समस्याबाट मुक्ति मिल्छ ।

भोलेनाथको जलाभिषेक गर्दा शान्त मनले बिस्तारै जल चढाउनुपर्छ । महादेवलाई सुस्त धाराले अभिषेक गर्दा महादेव विशेष प्रसन्न हुने जनविश्वास छ । भोलेनाथलाई धेरै छिटो वा ठूलो धारमा पानी चढाउनु हुँदैन ।

यी कुराहरू पनि ध्यानमा राख्नुहोस्

महादेवलाई जल अर्पण गर्दा पूर्वतिर फर्केर पानी चढाउनु हुँदैन । पूर्व दिशालाई भगवान शिवको मुख्य प्रवेशद्वार मानिन्छ । मान्यता अनुसार यो दिशा तर्फ अनुहार फर्काउँदा भगवान शिवको द्वारमा बाधा उत्पन्न हुन्छ र उहाँ क्रोधित पनि हुन सक्नुहुन्छ । त्यसैले पूर्वि दिशामा फर्केर पानी चढाउनु हुँदैन। भगवान् शिवलाई उत्तर दिशामा फर्किएर जल अर्पण गर्नुपर्छ । यो दिशामा मुख गरेर जल चढाउँदा शिव र पार्वती दुबैको आशीर्वाद प्राप्त हुन्छ ।

प्रतिक्रिया