राष्ट्र बैंकले गर्याे पुनः२६ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिक्रीको आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः २६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने साउन २३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १२ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः वि.सं २०८० भदौ १९ गते, वि.सं २०८० कात्र्तिक २१ गते, वि.सं २०८० माघ २३ गते र वि.सं २०८१ साउन २२ गते तोकिएका छन् ।
राष्ट्र बैंकका अनुसार भोलि सोमबार बिक्री गरिने यि ट्रेजरी बिलहरुमा तीन सय ६४ दिने अवधिको दुई अर्बकोट्रेजरी नयाँ भएपनि बाँकी भने पुरानो नवीकरण अन्र्तगतका रहेका छन् ।
यसअघि यही साउन १५ गते पनि राष्ट्र बैकले २१ अर्ब १० कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया