आइतबार, वैशाख ७, २०८२

तीन अंकले घट्दा दुई अर्ब ३३ करोडको सेयर किनबेच

नेपालखोज २०८० साउन २२ गते १५:४३

काठमाडौं । नेप्सेमा निरन्तर गएको पहिरोले साताको दोस्रो कारोबार दिन पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३८ अंकले घटेको नेप्से आज सोमबार पुन तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कुल कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५९ अंकले घटेर तीन सय ९० दशमलव ४३ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको एक लाख एक हजार दुई सय ३६ पटकको कारोबारमा ६६ लाख ४७ हजार एक सय ४३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी नौं वटा समुहहरुको सुचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १२ दशमलव १९ अंकले घटेर १२ सय ७३ दशमलव १२ अंकमा झरेको छ भने जलबिद्युत समुहको सुचक सात दशमलव ३४ अंकले घटेर २२ सय चार दशमलव ९० अंकमा झरेको छ ।

यसैगरी लगानी र अन्य सुमहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य तीन र पाँच दशमलव ५७ अंकले घटेका छन् । बिकास बैंक समुहको सुचक भने ५३ दशमलव ५६ अंकले बढेर तीन हजार आठ सय ४४ दशमलव ६६ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि २८ दशमलव ८७ अंकले बढेर १७ सय ७९ दशमलव १२ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि ६० दशमलव १४ अंकले बढेर ११ हजार एक सय ९७ दशमलव ५७ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि सात दशमलव ६३ अंकले बढेर १० हजार पाँच सय ९६ दशमलव ३८ अंकमा चढेको छ ।

यि बाहेक होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ७६ दशमलव ४६, चार दशमलव १५, ११ दशमलव शुन्य एक, शुन्य दशमलव शुन्य एक र २७ दशमलव १५ अंकले बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये नेपाल रिपब्लिक मिडियाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर तीन सय दुई रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा छ्याङदी हाईड्र पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ४५ प्रतिशतले घटेर दुई सय ३द्द रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता छ सय १५ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा ४३ करोड ६२ लाख ५९ हजार तीन सय ४८ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया