आइतबार, वैशाख ७, २०८२

घरका सामान ह्याक हुन सक्छन्

नेपालखोज २०८० साउन २२ गते १६:२४

काठमाडाैं । युरोकन्ज्युमर्स नामक संस्थाले घरमा प्रयोग हुने स्मार्ट डिभाइसहरू सबैभन्दा सजिलै ह्याक गर्न सकिने कुरा पत्ता लगाएको छ । संस्थाले १६ वटा स्मार्ट उपकरणको परीक्षण गरेको थियो । जसमा १० वटा उपकरण ह्याक गर्न धेरै सजिलो भएको पाइयो ।

रोबोट भ्याकुम क्लिनर

ह्याकिङलाई सजिलो बनाउने यो डिभाइसमा ५४ वटा लीक भेटिएका छन् ।

ग्यारेजको रिमोट कन्ट्रोल ढोका

सामान्यतया यो उपकरणको सुरक्षा कमजोर छ ।

बेबी मनिटर्स

ह्याकिङका कारण घर र मानिसको सुरक्षामा खतरा बढ्दै गएको विज्ञहरू बताउँछन् ।

वाई फाई राउटर्स

ह्याकरहरूले यो उपकरणमा प्रवेश गरेर घरका अन्य चीजहरू सजिलै नियन्त्रण गर्न सक्छन् ।

यसैगरि भिडियो डोरबेल र स्मार्ट टिभी पनि सजिलै ह्याक हुनसक्ने डिभाइस हुन ।

प्रतिक्रिया