आइतबार, वैशाख ७, २०८२

बढे एआई एन्जाइटीका बिरामी, जागिर जाने चिन्ताले मानसिक स्वास्थ्यमा असर

नेपालखोज २०८० साउन २२ गते १८:३२

काठामाडौं । आर्टिफिसियलल इन्टेलिजेन्स (एआई) को बढ्दो हस्तक्षेपले अमेरिकासहित विश्वका कैयौँ देशका कर्मचारी आफ्नो जागिरको अनिश्चिततालाई लिएर चिन्तित छन्।

अमेरिकामा डाक्टर एवं मनोचिकित्सकलाई भेट्न आउने बिरामीमध्ये धेरैजसो कहीँ न कहीँ काम गर्ने कर्मचारी छन्। र उनीहरूको चिन्ता जागिरको अनिश्चितामा केन्द्रित छ।

जागिरको चिन्ताले गर्दा उनीहरूको स्वास्थ्यमा समेत असर परिरहेको बताइएको छ। यस्तो चिन्तालाई डाक्टरले एआई एन्जाइटी भनेका छन् ।

न्युयोर्कका डाक्टर क्लेयर गुस्ताभसनले आफूकहाँ आउने बिरामीको संख्या बढेको र उनीहरूको चिन्ता एआईलाई लिएर हुने गरेको बताए।

‘कुनै पनि नयाँ र अज्ञात कुराले चिन्ता जन्माउँछ,’ गुस्ताभसन भन्छन्, ‘तीव्र गतिमा बढेको प्रविधि उद्योगमा यसबारे केही पनि निश्चित गर्न कठिन छ।’

स्क्रिप्ट राइटरका लागि पनि खतरा

टेलर एरिक नामका एक बैँकरले १० वर्षमा आफूले पूर्णतया रोजगारी गुमाउने बताउछन् । ‘म करियर परिवर्तन गर्न चाहन्छु,’ एरिकको भनाइ छ, ‘किनकि मेरो बैँकले एआई अनुसन्धान विस्तार गर्दैछ।’

न्युयोर्कवासी डाक्टर मेरिस पावेलका अनुसार मनोरञ्जनात्मक पेसा फिल्म र टेलिभिजन निर्माणमा एआईलाई लिएर चिन्ता सुरु भएको छ।

एआई अब अभिनेता र पटकथाकार (स्क्रिप्ट राइटर) का लागि पनि खतरनाक मान्न थालिएको छ। गुस्ताभसनका अनुसार विशेषगरी रचनात्मक क्षेत्रसँग जोडिएका मानिस एआई इन्जाइटीबाट पीडित छन्।

‘लेखकलाई गिग वर्करझै बनाइयो’

एआईको सहयोगले हलिउडमा नयाँ आइडिया, स्टोरी लाइन, डाइलग र स्क्रिप्ट राइटिङमाथि काम भइरहेको छ। जसले गर्दा वास्तविक लेखकले काम पाउन सकेका छैनन् ।

राइटर्स युनियनका प्रमुख फ्रान ड्रेस्चरले कलाकार दिनप्रतिदिन गुम्दै गएको रोजगारीले पीडित छन्। काम पनि कम हुन थालेको छ। एआईकै कारण कम्पनीले लेखकलाई ‘गिग वर्कर’ बनाएका छन्।

किन बढ्दैछ कर्मचारीमा एन्जाइटी

गत वर्ष नोभेम्बर सार्वजनिक भएको जेनेरेटिभ एआई प्लेटफर्म च्याटजिपिटीले जस्तोसुकै अप्ठ्यारो काम पनि केही सेकेन्डमा गरिदिन्छ ।

कतिसम्म दाबी गरिएको छ भने यसले लिगल असिस्टेन्ट, प्रोग्रामर, अकाउन्टेन्ट र फाइनान्सियल एडभाइजरजस्ता कामलाई सजिलैसँग गर्न सक्छ।

मार्चमा प्रकाशित एक रिपोर्टका अनुसार गोल्डम्यान स्यासका विश्लेषकले एआईले ३० करोड रोजगारीको अवसर समाप्त नगरे पनि प्रभावित गर्न सक्ने बताएका छन्।

प्रतिक्रिया