सोमबार, वैशाख ८, २०८२

डलरकाे भाउ कति छ आज ?

नेपालखोज २०८० साउन २४ गते ९:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ २१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ २५ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ४१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया