बिहीबार, वैशाख ११, २०८२

वास्तु ज्ञान : घरमा भएको वास्तुदोष हटाउने उपाय !

नेपालखोज २०८० साउन २५ गते ५:४६

वास्तुशास्त्र अनुसार कुनै घरमा वास्तु दोष देखिए त्यहाँ बिभिन्न प्रकारका समस्या सृजना हुन्छन । त्यस्ता समस्यामा घरेलु कलह, आर्थिक दुर्दशा, मानसिक तनाव तथा वादविवादसम्म हुन सक्छन् । घरमा वास्तु दोष भए त्यहाँ बस्ने सबै सदस्यको प्रगति रोकिन्छ । अर्कातर्फ, जुन घरमा वास्तु दोष हुँदैन त्यहाँ सधै सकारात्मक ऊर्जाको प्रभाव रहन्छ । सकारात्मकताको उपस्थितिका कारण घरमा सधैं सुख , शान्ति तथा समृद्धि कायम हुन्छ । वास्तुशास्त्रमा घरबाट नकारात्मक ऊर्जा हटाउने केही उपाय बताईएको छ, जसको पालन गरेर घरमा सुख(समृद्धि ल्याउन सकिन्छ।

बिरुवाबाट हटाउँ वास्तु दोष

वास्तुशास्त्र अनुसार धेरै बोटरबिरुवा यस्ता छन् जसले घरमा फैलिएको नकारात्मकता तुरुन्तै हटाउँछन् । घरबाट
नकारात्मक उर्जा हटाउन चाहनुहुन्छ भने घरमा तुलसी, नीम, मनी प्लान्ट, शमी तथा बेलको बिरुवा रोप्न सकिन्छ ।

पीङ वा झुला

हामीले कतिपय घरमा झुला वा पीङ राखिएको देखेका छौं । वास्तुशास्त्र अनुसार घरमा झुलाको प्रयोग गर्दा घरमा फैलिएको अशुभ शक्तिहरू हट्छन् । वास्तुअनुसार यस्तो पिङ वा झुला घरको उत्तरी भागमा भए शुभ हुन्छ ।

नियमित सरसफाई

धार्मिक मान्यता अनुसार जहाँ सरसफाइ वा स्वच्छता हुन्छ त्यहाँ मात्र लक्ष्मीको वास हुन्छ । यस्तो अवस्थामा वास्तु दोष कम गर्न घरको नियमित सरसफाई गर्नुपर्छ । घरको ढोका/झ्यालहरू नियमित रूपमा सफा गर्नाले नकारात्मक ऊर्जा घरमा प्रवेश गर्न पाउँदैन ।

पूजामा घण्टीको प्रयोग

नियमित रूपमा देवताको पूजा गर्ने र घण्टी बजाइने घरमा वास्तु दोष उत्पन्न हुँदैन । घरमा नियमित घण्टी बजाउँदा सकारात्मकता कायम रहन्छ ।

शंख बजाउनुको फाइदा

हिन्दू धर्ममा शंखलाई पवित्र वस्तु मानिन्छ । शंख राखेर पूजा गरिने घरहरूमा वास्तु दोष हुँदैन । दैनिक शंख बजाउँदा घरबाट नकारात्मकता हट्छ ।

माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह- सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया