आइतबार, वैशाख ७, २०८२

सातामा १० अर्ब ८० करोड २६ लाख रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० साउन २६ गते १२:०१

काठमाडौं । यो साता नेप्से दुई हजार ६६ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९४ दशमलव १५ अंकमा पुगेको छ ।

यो साता कुल दुुई सय ६९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट तीन लाख १४ हजार नौं सय ११ पटकको कारोबारमा दुई करोड ४५ लाख २५ हजार नौं सय ६१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ८० करोड २६ लाख ४६ हजार चार सय ४९ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा एक अर्ब रुपैंयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुुई सय ६९ वटा कम्पनीहरुको दुई लाख चार हजार ७६ पटकको कारोबारमा तीन करोड २८ लाख ९९ हजार एक सय ५२ कित्ता शेयर किनबेच भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम नौं अर्ब ८७ करोड ९७ लाख ३९ हजार एक सय ६१ रुपैंयाँ पुगेको थियो । यो साता पाँच कार्य दिन नैं खुल्ला रहेको नेप्से पहिलो, दोस्रो र तेस्रो दिन घटेको थियो भने चौंथो र पाँचौं दिन बढेको थियो ।

सो मध्ये पहिलो दिन ३८ दशमलव ३७ अंकले घटेर दुई हजार ५१ दशमलव ४७ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन पाँच दशमलव १३ अंकले बढेर दुई हजार ६६ दशमलव शुन्य पाँच अंकमा पुगन सफल भएको थियो ।

यसैगरी पहिलो दिन सात दशमलव ५२ अंकले घटेर तीन सय ९२ दशमलव शुन्य दुई अंकमा झरेको सेन्सिटिभ इन्डेक्स अन्तिम दिन एक दशमलव १० अंकले बढेर तीन सय ९४ दशमलव १५ अंकमा पुग्न सफल भएको थियो । यि बाहेक चौंथो दिन नेप्से बढेपनि बाँकी दिनहरुमा भने नेप्से घटेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, सोल्ही होटल हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया