ट्रान्सजेन्डरको भूमिकामा सुस्मिता सेन

काठमाडौं । वेबसिरिज ‘ताली’ मा सुस्मिता सेन ट्रान्सजेन्डरको भूमिकामा देखिदैछिन् । चाँडै नै नवाजुद्दीन सिद्दीकी पनि ‘हड्डी’ मा यस्तै पात्रको चरित्रमा देखिनेछन् ।
यसअघि सदाशिव अमरापुरकरले चलचित्र ‘सडक’ मा महारानी नामको पात्रको चरित्र निर्वाह गरेका थिए ।
फिल्म ‘तमन्ना’ मा परेश रावल नपुंसकको भूमिकामा थिए, यो भूमिकाले धेरैको मन जितेको थियो ।
महेश मांजरेकरले फिल्म ‘रज्जो’ मा ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका थिए ।
फिल्म ‘शबनम मौसी’ मा आशुतोष राणाले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका थिए ।
शरद केलकर फिल्म ‘लक्ष्मी’ मा ट्रान्सजेन्डरको भूमिकामा देखिएका थिए । ‘लक्ष्मी’ मा शरद केलकरको आत्मा अक्षय कुमारको शरीरमा प्रवेश गर्छ । त्यसैले अक्षय कुमार पनि ट्रान्सजेन्डरको भूमिकामा प्रस्तुत भए ।
फिल्म ‘गंगुबाई’ मा रजिया बाईको भूमिकाबाट विजय राजले राम्रो प्रशंसा कमाए ।
वाणी कपूरले ‘चंडीगढ करे आशिकी’ मा ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेकि थिइन् ।
प्रतिक्रिया