इन्स्टाग्राम पोस्टबाट कसले कति कमाउँछन ?

काठमाडौं । इन्स्टाग्राममा प्रत्येक प्रायोजित पोस्टबाट संसारभरका सेलिब्रेटिले मनग्ये आम्दानी गर्छन् । हापर एचक्यू नामको एक इंस्टाग्राम शेड्यूलिङ टूलले २०२३ को इन्स्टाग्राम रिच लिस्ट घोषणा गरेको छ ।
यो सुचिको शीर्ष २० मा भारतीय क्रिकेटर विराट कोहली पनि छन् जो एक पोस्टको २२.४० करोड रुपैयाँ लिन्छन । उनी यो सूचीको १४ औं स्थानमा छन् । कोहलीको फलोअर्सको संख्या २५ करोड ५० लाख छ ।
रोनाल्डो शीर्ष स्थानमा
फुटबलर क्रिस्टियानो रोनाल्डो यो सूचीको शीर्षमा छन् जसले प्रत्येक पोस्टबाट करिब ४१.६० करोड रुपैयाँ कमाउँछन्। रोनाल्डोलाई इन्स्टाग्राममा ५९ करोड ६० लाखले फलो गरेका छन् ।
दोस्रो नम्बरमा मेस्सी
यो सूचीको दोस्रो नम्बरमा विश्वभर सबैभन्दा मन पराइएका फुटबल खेलाडी लियोनल मेस्सी छन् । मेस्सीलाई ४७ करोड ९० लाख मानिसले फलो गरेका छन् । उनले प्रत्येक पोस्टबाट करिब ३३.६० करोड रुपैयाँ कमाउँछन् ।
टप फाइभमा को – को ?
रोनाल्डो र मेस्सीपछि तेस्रो नम्बरमा अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज, चौथो नम्बरमा अमेरिकी सोसाइटी काइली जेनर तथा पाँचौं नम्बरमा ‘द रक’ भनेर चिनिने पूर्व रेसलर ड्वेन जोन्सन छन् ।
यो सूचीमा स्थान पाउने दोस्रो भारतीय सेलिब्रेटी अभिनेत्री प्रियंका चोपडा २९ औँ नम्बरमा छिन् । उनलाई इन्स्टाग्राममा ८.८ करोड मानिसले फलो गरेका छन् भने उनले प्रत्येक पोस्टबाट ७ करोड जति कमाउँछिन् ।
अफ्रिकी नाम पनि
यो सूचीमा केही अफ्रिकी सेलिब्रेटीहरू पनि छन्। ती मध्ये शीर्षमा इजिप्टका फुटबल कप्तान मोहम्मद सलाह छन् जसलाई मो सलाह पनि भनिन्छ । उनलाई ६.१ करोड मानिसले फलो गरेका छन् भने उनले प्रत्येक पोस्टबाट करिब ४.३ करोड रुपैयाँ कमाउँछन्।
प्रतिक्रिया