काम अनुरुप रुद्राक्ष !
नेपालखोज
२०८० साउन २८ गते ५:३३

न्यायलयमा काम गर्ने व्यक्तिहरुले एक, चौध मुखी रुद्राक्ष धारण गर्नुपर्छ ।
वित्तीय क्षेत्रमा काम गर्ने व्यक्तिहरुले आठ, एघार, बाह्र तथा तेह्रमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।
चिकित्सा क्षेत्रमा काम गर्नेहरुले तीन, चार, नौ, दश, एघार, बाह्र तथा चौधमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।
शिक्षा क्षेत्र अथवा अध्यापकहरुले ६ तथा चौधमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।
जमिन-जायदादको खरिद/बिक्रीमा लागेकाहरुका लागि एक, दश तथा चौधमुखी रुद्राक्ष उपयुक्त हुन्छ ।
उद्योगपतिका लागि बार तथा चौधमुखी रुद्राक्ष ।
बालबालिका एवं विद्यार्थीहरुले गणेश रुद्राक्ष धारण गर्नुपर्छ ।
(साधना-सिद्धि विज्ञानको नेपाली रुपान्तर)
सम्बन्धित
प्रतिक्रिया