आइतबार, वैशाख ७, २०८२

थाहा पाइराख्नुहोस् : सर्प जस्तै बिच्छी पनि विषालु हुन्छ ?

नेपालखोज २०८० साउन २८ गते ११:५१

काठमाडाैं । सर्प जस्तै बिच्छीको बिष पनि खतरनाक हुन्छ । एक लिटर बिच्छी विषको मूल्य १० लाख डलरसम्म छ । नेपाली मुद्रामा कुरा गर्ने हो भने यो करिब सबा १३ करोड रुपैयाँ हुन्छ ।

बिच्छीको डंकमा मात्र दुई मिलिग्राम विष हुन्छ । करिब तीन सयदेखि चार सय बिच्छीको सहयोगमा एक ग्राम विष जम्मा गर्न सकिन्छ ।

ल्याटिन अमेरिकामा पाइने बिच्छीको विषबाट मार्गा टक्सिन नामक पदार्थ उत्पादन हुन्छ जसले रक्तनलीमा कोशिकाहरू निर्माण गर्न मद्दत गर्छ र मुटुको शल्यक्रियामा प्रयोग गरिन्छ। हिजोआज बिच्छीको विष सौन्दर्य उत्पादनमा समेत प्रयोग गरिन्छ।

प्रतिक्रिया