राष्ट्र बैंकले पुन : २४ अर्ब रुपैयाँँको ट्रेजरी आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीको लागि आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने साउन ३० गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको १० अर्ब, ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः वि.सं २०८० भदौ २६ गते, वि.सं २०८० कार्त्तिक २८ गते र वि.सं २०८० फागुन एक गते तोकिएको छ ।
यी ट्रेजरीहरु सबै पुरानो नवीकरण अन्तर्गतका रहेका छन् । यसअघि यही साउन २२ गते पनि राष्ट्र बैकले २६ अर्ब १० कराेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया